आर्थिक संकटमा रहेको श्रीलंकाले चार महिनामा गर्यो करिब ७० करोड डलर आम्दानी

Advertisement

कोलम्बो । श्रीलंकाले सन् २०२३ को पहिलो चार महिनामा पर्यटनबाट करिब ७० करोड अमेरिकी डलर आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७।८ प्रतिशतले बढी हो ।

श्रीलंका पर्यटन विकास प्राधिकरणका अध्यक्ष प्रियन्था फर्नान्डोले अप्रिल महिनामा श्रीलङ्काले पर्यटनबाट १६ करोड ६५ लाख अमेरिकी डलर आम्दानी गरेको बताउनुभयो । 

Advertisement

श्रीलंकामा यस वर्षको पहिलो तीन महिनामा तीन लाख ३५ हजार ६७९ पर्यटक भित्रिएका प्रधिकरणले जनाएको छ ।

श्रीलंकाको पर्यटन उद्योगले सन् २०२३ मा २० लाख आगन्तुकहरूलाई आकर्षित गर्ने लक्ष्य राखेको फर्नान्डोले गत महिना घोषणा गर्नुभएको थियो । यो पहिलेको १५ लाख पर्यटकको लक्ष्यभन्दा बढी हो । प्रधिकरणले वर्षको पहिलो त्रैमासिकमा सकारात्मक प्रवृत्तिको कारण अनुमानमा संशोधन गरेको थियो ।

श्रीलंकामा कोभिड–१९ को महामारी र आर्थिक तथा राजनीतिक सङ्कटका कारण विदेशी मुद्रा आर्जन गर्ने प्रमुख मुलुकमध्येको एक पर्यटन क्षेत्र धरासायी भएको छ । रासस/सिन्ह्वा 

Advertisement

Advertisement