‘प्रहरीका कर्मचारी तलव नपाएर रोइरहेका छन्, यता सरकार विकासको गलत अभ्यास गर्दैछ’

Advertisement

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउतले सरकारले आगामी बजेट मानव केन्द्रीत विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्ने बताएका छन् । 

मंगलवार प्रतिनिधि सभामा बोल्दै उनले सरकारले अहिलेसम्म मानव केन्द्रीत भन्दा पनि अनावश्यक क्षेत्रमा खर्च गरिरहेको बताए । विगत लामो समयदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएको राउतले बताए । उनले गलत विकास मोडलको अभ्यास गर्दा  विकास भनेकै ठूला–ठूला भवन, विमानस्थल र सडकहरु भन्ने भाष्य कायम रहेको बताए । 

Advertisement

राउतले प्रहरीका कर्मचारीहरु तलव नपाएर रोइरहेको अवस्था रहेको भन्दै यता सरकार एयर ट्राफिक नभएका ठूला–ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरुमा ऋण लिएर भए पनि बनाउने तयारी गर्नु गलत भएको बताए । उनले भने, ‘प्रहरीका कर्मचारीहरु तलव नपाएर रोइरहेको अवस्था छ । यता सरकार एयर ट्राफिक नभएका ठूला–ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरुमा ऋण लिएर भए पनि बनाउने तयारीमा छौं । नागरिकलाई स्वास्थ्य उपचार दिन सकेको छैनौं । यता सरकार ठूला भ्युटावरहरुलाई बनाउँदै गइरहेका छौं । सडकमा प्रतिघण्टा १०० सवारी गुड्दैन् । त्यसलाई सरकार हरेक सडकलाई चार लेन बनाउनुपर्छ भनेर लहलहीमा लाग्दैछौं ।’ 

राउतले थपे, ‘हामीले दशकौंदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएका छौं । विकास भनेकै ठूला–ठूला भवन, विमानस्थल र सडकहरु भनेको बुझियो । जसले अहिले हाम्रो हविगत यो भयो। सरकारले आगामी बजेट मानव केन्द्रित बजेट होस । मानव केन्द्रित विकासमा केन्द्रित नीति अवलम्बन गरेर बजेट बनाउनु होला ।’

Advertisement

Advertisement