अब विदेशबाट आउँदा दुई वटा मोबाइल ल्याउन पाइने, तर वैदेशिक रोजगारीमा गएकाले मात्रै

Advertisement

काठमाडौं। सरकारले वैदेशिक रोजगारीमा गएर आउनेहरुलाई दुई वटा मोबाइल ल्याउन अनुमति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

एउटा मात्रै मोवाइल ल्याउन दिने यसअघिको सरकारको निर्णयको विशेषगरी विदेशबाट आउनेहरुले आलोचना गरेपछि कार्यान्व्यन स्थगित गरिएको थियो । अहिले भने वैदेशिक रोजगारीमा गएकाहरुले दुई वटासम्म ल्याउन भन्सार महशुल तिर्नुपर्ने र बाँकीले महशुल तिर्नुपर्ने व्यवस्था गरिएको हो । 

Advertisement

यस विवादका कारण नेपाल दूरसञ्चार प्राधिकरणले मोवाइल चोरी पैठारी रोक्न र मोवाइलको सुरक्षाको लागि भनेर कार्यान्वयनमा ल्याएको एमडीएमएस (मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम)को कार्यान्वयन पनि स्थगित भएको थियो । 

वैदेशिक रोजगारीमा गएर आउनेहरुलाई दुई मोबाइल ल्याउन दिने प्रस्ताव अर्थमन्त्री प्रकाशशरण महतले मन्त्रिपरिषदमा राखेका थिए । मन्त्रालयका राजस्व महाशाखा प्रमुख रितेश शाक्यले वैदेशिक रोजगारीका लागि गएका श्रमिकबाहेक अरुले दुई वा दुई भन्दा बढी मोबाइल भन्सार महशुल नतिरी ल्याउन पाउने छैनन् । 

श्रम स्वीकृत लिई वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याउन पाउने छन् । 

२०७७ जेठ १५ गते प्रकाशित सुचनामा भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) अनुसार डेस्कटप कम्प्युटर वा ल्यापटप, ट्याप, घडी, क्यामरा, भिडियो क्यामरा र प्रयोग गरिरहेको सेलुलर मोबाइल फोन एक–एक थान ल्याउन पाउने व्यवस्था थियो । मन्त्रिपरिषद् बैठकले त्यसमा संशोधन गरी वैदेशिक रोजगरीमा ६ महिना काम गरेर फर्किएकालाई थप एक थान मोबाइल फोन ल्याउन बाटो खोल्दिएको हो । 

नेपालमा मोवाइलको चोरी पैठारी बढेपछि विदेशबाट आउनेहरुलाई एकभन्दा बढी मोवाइल ल्याउन रोक लगाइएको थियो । त्यसरी चोरीपैठारी गरेर ल्याइएका मोवाइल एमडीएमएसमा दर्ता हुन सक्दैनन् । दर्ता गर्नलाई उनीहरुले भन्सार महशुल तिरेको प्रमाण पेश गर्नुपर्ने हुन्छ । सरकारको यस निर्णयले एमडीएमएस कार्यान्वयनको ढोका खुलेको छ । 

Advertisement

Advertisement