नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव केसी पनि पक्राउ

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी राजधानीको जडिबुटीबाट पक्राउ गरेका छन् । 

यसअघि आजै पूर्व गृहमन्त्री खाँडलाई पनि प्रहरीले उनकै निवास मैजुबहालबाट प्रहरीले पक्राउ गरेको थियो । 

Advertisement

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । 

योसँगै उक्त घटनामा आरोपित ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि मङ्गलबार काठमाडौँको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो । 

त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ । 

उक्त घटनामा आरोपित नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । जिल्ला प्रहरी परिसरले उनीविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । 

उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन् । 

Advertisement

Advertisement