लोकप्रिय नेता इमरान खानको पक्राउपछि पाकिस्तानमा हिंसा भडकियो, स्थिति तनावपूर्ण

Advertisement

एजेन्सी । लोकप्रिय नेता तथा पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गरिएपछि पाकिस्तानमा हिंसा भडकिएको छ । राजनीतिक पूर्वाग्रह राखेर खानको पक्राउ गरिएको भन्दै विरोध देशव्यापी प्रदर्शन भएको छ । 

खानको मंगलवार त्यहाँको सरकारले इस्लामवादबाट पक्राउ गरेको हो । यता खानले भने आफू निर्दोष रहेको र आफूमाथि लगाइएका भ्रष्टाचारका आरोपमा सत्यता नरहेको बताउँदै आएका छन् । 

Advertisement

खानको गिरफ्तारपछि भएको हिंसात्मक प्रदर्शनमा एक हजारभन्दा बढी पक्राउ परेको र सयौंको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सरकारले सेनालाई राजधानीको सुरक्षा व्यवस्था कायम गर्न आह्वान गरेको छ । पक्राउ परेका खानलाई आठ दिन हिरासतमा राख्न त्यहाँको अदालतले अनुमति दिएको छ । 

उनले प्रधानमन्त्रीका हैसियतमा पाएका उपहार गैरकानुनी ढङ्गले बेचेको आरोप लगाइएको छ । खानविरुद्ध पाकिस्तानी सरकारले यस्ता दर्जनौं मुद्दा लगाएको छ । तर पाकिस्तानी आम जनता भने आरोपमा सत्यता नरहेको मान्छन् । खानलाई हटाएर पश्चिमाहरुले आफ्नो समर्थनको सरकार बनाएपछि पाकिस्तानीहरुमा असन्तुष्टि बढेको हो । 

खानलाई पक्राउ गर्न पहिलेदेखि प्रयास गरिए पनि समर्थकहरुले विरोधका कारण प्रहरीले आँट गर्न सकेको थिएन् । अहिले उनलाई राखिएको ठाउँमा उच्च सुरक्षा व्यवस्था कायम गरिएको छ । देश आर्थिक संकटमा परेको बेला पाकिस्तान राजनीतिक संकटमा धकेलिएको छ । 

यस बर्षको अन्त्यमा पाकिस्तानमा हुन लागेको चुनावलाई लक्षित गरेर सत्तारुढ पक्ष इमरान खानविरुद्ध आक्रामकरुपमा प्रस्तुत भएको हो । खान दोषी ठहरिए उनी चुनाव उठ्न पाउने छैनन् । सो कुरा पक्ष चाहान्छ । उनको पक्राउलाई लिएर खानको दल तहरिक–ए–इन्साफले मानिसहरूलाई आज बुधवार इस्लामावादस्थित ज्युडिसिअल कम्प्लेक्स बाहिर जम्मा हुन अपिल गरेको थियो।

कतिपय समर्थकहरूले लहोरको सैनिक शिविर बाहिर शिविर बनाएर रात बिताएका थिए। उनको पक्राउको खबर फैलिएपछि भीड सैनिक कमान्डरको घरभित्र प्रवेश गरेको थियो। खानका समर्थक र सुरक्षा फौजबीच भिडन्त चलिरहँदा देशभर मोबाइल सेवा अवरुद्ध छ।

Advertisement

Advertisement