विद्युत प्राधिकरणको आधिकारिक युनियनको निर्वाचनमा कांग्रेसनिकट कर्मचारी संघ विजयी

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको आधिकारिक युनियनको निर्वाचनमा नेपाली कांग्रेसनिकट कर्मचारी संघ विजयी भएको छ । 

बिहीबार भएको निर्वाचनमा नेविप्रा कर्मचारी संघको पक्षमा सबैभन्दा धेरै मत प्राप्त भएसँगै उक्त संघलाई आधिकारिक युनियन घोषित गरिएको हो । 

Advertisement

निर्वाचनमा नेविप्रा कर्मचारी संघले तीन हजार २९२ मत प्राप्त गर्दा माओवादी केन्द्र र एकीकृत समाजवादीको संगठन नेविप्रा राष्ट्रिय कर्मचारी युनियनले दुई हजार ५९९ र एमालेनिकट नेविप्रा कर्मचारी युनियनले एक हजार ७४४ मत पाएको छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट नेविप्रा कर्मचारी कल्याण परिषदले २२८ मत पाएको छ । 

यसअघि भएको आधिकारिक युनियनको निर्वाचन नेविप्रा कर्मचारी संघले नै जिते पनि निर्वाचनमा धाँधली भएको र प्रक्रिया मिचेको भन्दै श्रम कार्यालयले त्यसलाई बदर गरिदिएको छ । 

Advertisement

Advertisement