सुनको मूल्य प्रतितोला ८ सय रुपियाँ घट्यो

Advertisement

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ८ सय र चाँदी प्रतितोला ५५ रुपियाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १० हजार २ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यसैगरी आज चाँदी प्रतितोला  १ हजार ३ सय ७५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement