वीरगंजमा रोजगार मेला गरियो, बुटवल र काठमाडौंमा पनि गरिने

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघद्वारा अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा विहीबार र शुक्रबार वीरगंजमा रोजगार मेलाको आयोजना गरिएको छ ।

रोजगार मेला वीरगंज महानगरपालिका र बीरगंज उद्योग वाणिज्य संघको सहकार्यमा आयोजना गरिएको हो । 

Advertisement

रोजगार मेलाको वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेका हुन् । कार्यक्रमलाई संवोधन गर्दै मेयर सिंहले रोजगार मेलामा रोजगारदाता र कामको खोजीमा रहेकाहरुको प्रत्यक्ष सहभागिता रहने हुंदा मेलाबाट दुवै पक्ष लाभान्वित हुने अवसर मिल्ने वताए ।  

कार्यक्रमका विशिष्ठ अतिथि एवं महासंघका उपाध्यक्ष हेमराज ढकालले शीपयुक्त जनशक्ति विकासमा महासंघले आइएलओसंग मिलेर कार्यक्रमहरु ल्याएको र यसले मुलुकभित्र शीपयुक्त जनशक्तिको मागलाई संवोधन गर्न केहीमात्रामा भएपनि सहयोग पुग्ने विश्वास प्रकट गरे ।   

सभापति ढकालले रोजगार मेलाबाट बजारमा आवश्यक जनशक्ति पहिचान तथा रोजगारदाताहरुले खोजेको जनशक्तिका वारेमा जानकारी लिन सहज हुनुको साथै शीपयुक्त जनशक्ति विकासका लागि आगामी रणनीति वनाउन समेत सहयोग पुग्ने विश्वास प्रकट गरे ।  

कार्यक्रमलाई महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले पनि संवोधन गरेकी थिइन् । 

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले महासंघ र आइएलकोसंग मिलेर रोजगार मेला आयोजना गर्न पाएकोमा खुशी प्रकट गरे । 

उद्घाटन कार्यक्रममा वीरगंज उवासंघका उपाध्यक्ष माधव राजपाल, जीतपुर, वारा उद्योग वाणिज्य संघका अध्यक्षहरु, महासंघको मधेश प्रदेश च्याप्टरका अध्यक्ष अशोक टेमानी, निवर्तमान अध्यक्ष गणेश लाठ, संघका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद गौतम लगायतले शुभकामना मन्तव्य दिएका थिए ।  

रोजगार मेलामा १५ वटा कम्पनीहरुले भाग लिएका छन् । मेलामा सहभागी कम्पनीहरुले विभिन्न पदका लागि ७५ वटा आवेदन खुलाएका छन् । 

मेलामा प्राविधिक स्कूल, कलेज तथा जव सेन्टर गरी ५ वटाको सहभागिता छ । मेलामा वीरगंज महानगरपालिका रोजगारदाता सेवा केन्द्रको पनि सहभागिता थियो । 

महासंघले आएलओको सहयोगमा जेठ ९ र १० गते बुटवल र १६ र १७ गते काठमाडौंमा रोजगार मेला आयोजना गर्ने जनाएको छ ।  

Advertisement

Advertisement