भ्रष्टाचारबिरुद्ध माइतीघरमा प्रदर्शन, 'ठूला भ्रष्टाचारलाई पक्राउ गर्न आनाकानी गरियो'

Advertisement

काठमाडौं । शनिवार काठमाडौंको माईतीघर मण्डलामा भ्रष्टाचारीहरुलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्न माग र्गै बिरोध प्रदर्शन गरिएको छ् । नागरिक अगुवासहितको टोलीले माईतीघरमा जम्मा भइ भ्रष्टाचारबिरोधी विभिन्न सांगीतिक प्रश्तुतिसमेत दिएका थिए । 

बिरोध प्रदर्शनमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आसिम शाहले आफूले यस प्रकरणबारे संसदमा पनि आवाज उठाएको र अहिले नागरिकस्तरबाट आवाज आइरहेकाले सशक्त रुपमा सदन र सडकमा उभिएको बताए । उनले राजनीतिको परिभाषा नै पैसा कमाउने हो भन्ने प्रवृत्ति देखिएकाले यस्तो प्रवृत्ति चिर्न आवश्यक रहेको बताए । 

Advertisement

बिरोध प्रदर्शनमा सहभागी काजीबहादुर घिमिरेले यो सरकारको विश्वास नै नभएको र विश्वास नभएकै कारण युवा नेताहरु जन्मिरहेको बताए । उनले क्षणिक समयको स्वार्थमा अहिलेका नेताहरुले काम गरिरहेको बताए । घिमिरेले देश अफ्ठ्यारोमा पर्दा विदेश भाग जाने पक्षमा रहेको बताए । उनले अहिलेको नेताहरु भगौडे रहेको र सबै उद्योग धन्दाहरु बेचेर खाइसकेकाले भ्रष्टाचारीलाई छोड्नु नहुने बताउए । 

प्रदर्शनमा सहभागी ऋतु खड्काले देश विकास हुन नसक्नुको कारण भ्रष्टाचार रहेको उल्लेख गर्दै प्रमाण बाहिर आउँदा पनि कसरी मानिस फरार हुन्छ भन्ने मुख्य प्रश्न आइरहेको बताए । उनले जनतालाई आँखामा छारो हालिरहेको बताए । 

प्रदर्शनमा सहभागी भावना राउतले जनताले देशको सुरक्षा गर्नका लागि पठाएका मानिसहरु भ्रष्टाचारी बनिरहेकाले सबै नागकिरले आवाज उठाउनुपर्ने बताए । 

प्रदर्शनकारीहरुले जनता मूर्ख छन् भनेर अहिले पनि नेताहरुले ठगिरहेको बताए । उनीहरुले भ्रष्टाचारमा संलग्न रहेको पुष्टि हुँदा पनि ठूला नेताहरुलाई पक्राउ गर्न प्रहरी प्रशासनले आनाकानी गरेको बताए । 

Advertisement

Advertisement