प्राधिकरणले बनायो रणनीतिक योजना, पाँच वर्षमा बीमा क्षेत्रमा कायापलट हुन्छः पौडेल

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक वर्षलाई लक्षित गरेर आठ वटा रणनीतिक योजना तय गरेको छ । प्राधिकरणले आगामी आर्थिक वर्षमा बीमितले पाउने सेवा सुविधालाई थप प्रभावकारी बनाउने भन्दै उक्त योजना तय गरेको हो ।

यसअघि प्राधिकरण (तत्कालिन (बीमा समिति)ले वार्षिक योजना बनाउने गरेको थिएन् । अन्य नियामक निकायकहरुले आवधिक कार्ययोजना तय गर्ने र त्यसको नियमित समीक्षा समेत गर्दै आएका छन् । तर तर तत्कालिन समितिले भने योजना बनाएर काम गर्न नसकेको भन्दै कर्पोरेट नेपालले समाचार प्रकाशित गरेकाले प्राधिकरणलाई अहिले यस्तो रणनीतिक योजना बनाउन बाध्य भएको हो । 

Advertisement

प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले भने, ‘पहिले के भयो ? भन्ने छुट्टै कुरा हो । अबको पाँच वर्षमा बीमा क्षेत्रले कायापलट गर्ने हामीले देखेका छौं । त्यसको संकेत तपाईंहरुले पनि पाइरहनुभएको होला । यहाँ मुख्य कुरा हाम्रा बीमा कम्पनीहरुलाई लगानीको अभाव भन्दा पनि भएको लगानी प्रयोग गर्ने सही ठाउँको खाँचो छ । हामीले त्यस्तो लगानीको लागि उपयुक्त क्षेत्रको बारेमा पनि अध्ययन गरिरहेका छौं । त्यसैले आगामी पाँच वर्षभित्रै बीमा कम्पनीहरुले दिइरहेकोको सेवा सुविधामा पनि ठूलो फेरबदल आउने ठाउँहरु छन् ।’

यस्ता छन् बीमा प्राधिकरणका रणनीतिहरुः 
बीमाको प्रवर्द्धन, बीमितहरुको हित संरक्षण रणनीतिको मुल उद्देश्य रहेको पौडेलले जानकारी दिए । जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी, नियमनकारी क्षमताको सबलता, बीमा क्षेत्रको दवाफदेहीता तथा पारदर्शिता, बीमाको पुहुँच बिस्तार तथा समावेशिता, प्राधिकरणको आगामी योजनामा समेटिएको उनले बताए । 

त्यस्तै, बीमाप्रति जनविश्वास अभिवृद्धि, मानवीय स्रोत तथा पूर्वाधारको विकास र स्वदेशी तथा विदेशी सम्बन्ध विस्तारलाई कडाईका साथ लागू गर्ने भन्दै प्राधिकरणले बीमा क्षेत्रको विकासका लागि आफूहरुले केन्द्रमा राखेर काम गर्ने बताएको छ । 

चालु आर्थिक वर्षमा पनि बीमा प्राधिकरणले अस्वस्थ प्रतिस्पर्धा रोक्ने, उधारो बीमामा कडाई गर्ने, बीमा कम्पनीहरुलाई एकीकृत गराई संख्या घटाउने, अभिकर्ताहरुको सरेण्डर (समर्पण) दर कम गर्ने, बीमा कम्पनीहरुको बोनसमा एकरुपता ल्याउने जस्ता प्रयास गर्दै आएको थियो । यी प्रयासहरु केही हदसम्म सफल भएको पनि प्राधिकरणको दावी छ । 

Advertisement

Advertisement