मूल्य सस्तो हुँदा नेपाली खर्बुजाले पायो राम्रो बजार, सिजनपछि भने भारतीय खर्बुजा आउनसक्ने

Advertisement

काठमाडौं । सिजन सुरु भएसँगै नेपाली खर्बुजाको व्यापार चम्किएको छ । काठमाडौं उपत्यकामा ४५ दिनमा १० करोड रुपियाँको व्यापार भएको नेपाल फलफूल थोक व्यवसाय संघका अध्यक्ष अम्मर बानियाँले बताए । 

उनका अनुसार राजविराजमा उत्पादन भई काठमाडौंमा बिक्री हुँर्दै आएको खर्बुजा डेढ महिनामा १० करोड रुपियाँको बिक्री भएको छ । बिक्री दर बढ्दो क्रममा रहे पनि गत बर्षको तुलनामा निकै घटेको बानियाँले बताए । नेपाली खर्बुजाले बजार लिएपछि भारतीय खर्बुजाको बिक्री निकै घटेको उनले दावी पनि गरे । 

Advertisement

बानियाँले भने, ‘नेपाली खर्बुजाको राम्रो बिक्री भएपछि भारतीय  खर्बुजाले बजार पाएको छैन् । नेपाली उत्पादन सस्तो, भन्सार महशुल नपर्ने, ढुवानी खर्च कम पर्ने भएर बजारमा नेपाली खर्बुजाको बिक्री राम्रो छ ।’ 

तर अब केही दिनमा नेपाली खर्बुजाको सिजन सक्किने उनले बताए । त्यसपछि भने भारतीय खर्बुजा नेपाली बजारमा हावी हुनसक्ने बानियाँको चिन्ता छ । साथै, उनले गत वर्षको खर्बुजाको व्यापारभन्दा यस वर्षको व्यापार ५०–६० प्रतिशतले घटेको बताए । यस पटक माग कम हुनुमा आर्थिक मन्दीको प्रभाव पनि हुनसक्ने बानियाँको विश्लेषण छ । 

उनले भने, ‘आर्थिक मन्दीले होला, धेरै मानिसको क्रयशक्तिमा असर परेको छ । धेरैको व्यापार व्यवसाय राम्रो छैन् । आम्दानी घटेको छ । मान्छेको मनमा खुशियाली नै छैन् । खर्बुजाको मात्रै होइन्, सबै फलफूलको व्यापार घटेको छ ।’ 

विगत २२ बर्षदेखि तरकारी तथा फलफूलको थोक व्यापार सुरु गरेका सन्जय श्रेष्ठले विगत छ वर्षदेखि कुलेश्वरमा फलफूल बिक्री गर्दै आएका छन् । उनले सरकारको कृषि सामग्री कम्पनीको जग्गामा बनेको सटरमा करारमा फलफूल व्यापार गर्दै आएको बताए ।  श्रेष्ठको चार वटा गोदामबाट खर्बुजा र मेवा बिक्री हुने गरेको छ । 

बैशाख महिनामा मात्र आफूले ४० लाख रुपियाँको नेपाली र भारतीय खर्बुजा बिक्री गरेको श्रेष्ठले सुनाए । उनले आफ्नो गोदाममा १२ जनालाई रोजगारी पनि दिएका छन् । आफूले बिक्री गर्दै आएको नेपाली खबुजा मोरङमा उत्पादन हुने गरेको बताउँदै उनले भारतीय खर्बुजाको तुलनामा नेपाली छिट्टै बिग्रने समस्या रहेको बताए । 

गोदामबाट नेपाली खर्बुजा २२ देखि २५ रुपियाँमा थोक बिक्री हुने गरेको श्रेष्ठले बताए । त्यस्तै, भारतीय खर्बुजा २५ देखि ३२ रुपियाँमा बिक्री हुने गरेको बताउँदै श्रेष्ठले भारतीयभन्दा स्वदेशी उत्पादनलाई आफूले बढी प्राथमिकता दिने गरेको बताए । यद्यपि सर्वसाधारण उपभोक्ताले भने त्यही खर्बुजा तीन गुणा बढी मूल्य तिरेर खुद्रा व्यापारीसँग किन्नुपर्ने बाध्यता छ । उनले बैशाखमा मात्रै ७० टन खर्बुजा काठमाडौंमा झारेको बताए । 

काठमाडौं महानगरपालिकाले फुटपात व्यवसायी हटाएसँगै व्यापारमा धेरै असर परेको श्रेष्ठको भनाई छ । उनले महानगरको नीति सकारात्मक उद्देश्यका लागि भए पनि त्यसको मार व्यवसायीहरुले खेप्नुपरेको भन्दै यस पटक खर्बुजाको व्यापार आधै घट्नुमा सोही प्रमुख कारण भएको जिकिर गरे । महानगरपालिकाले ठेला र साइकलमा राखेर खर्बुजाको ब्यापार गर्न नदिँदा आफूहरुले अनुमान गरेअनुसार बिक्री गर्न नसकेको बताए । 

श्रेष्ठको गोदाममा खर्बुजा र मेला किन्न काठमाडौं, लतिलपुर, भत्तmपुरका खुद्रा व्यापारीदेखि ग्राहकसम्म आउने गर्छन् । काठमाडौं महानगरपालिकाले राजधानीको मुख्य नाकामा बजार सञ्चालनमा ल्याउने भने सिन अहिलेसम्म कार्यान्वयन गर्न नसकेकोमा असन्तुष्टि जनाउँदै त्यस्तो बजार विकास गर्न सकेमा सामान आपूर्ति सहज बनाउन सहयोग मिल्ने बताए । 

Advertisement

Advertisement