सुनको मूल्य बढ्यो, प्रतितोला १ लाख ११ हजार रुपियाँमा कारोबार

Advertisement

काठमाडौं । आइतबार स्थिर रहेको सुनको मूल्य आज सोमबार भने बढेको छ । सुन प्रतितोला २ सय रुपियाँ बढ्दा चाँदीको मूल्य आज पनि स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुन प्रतितोला  १ लाख ११ हजार रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement