पाँच अर्ब ७७ करोड सहुलियत दरमा कर्जा लगानी, कति छ बक्यौता ?

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७९ चैत मसान्तमा रु. ५ अर्ब ७७ करोड लगानीमा रहेको छ । 

राष्ट्र बैंकले हालै आव २०७९/८० को चैत मसान्तसम्मको आर्थिक तथा वित्तीय प्रतिवेदन मार्फत उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । 

Advertisement

२०७९ चैत मसान्तमा १ लाख ४७ हजार ८ सय ७ ऋणीलाई प्रवाह भएको रु. २०५ अर्ब ११ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६१ हजार २ सय ऋणीलाई प्रवाह भएको रु.१३९ अर्ब ६५ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८३ हजार ७ सय ५१ महिला उद्यमीलाई प्रवाह भएको रु.६२ अर्ब २८ करोड कर्जा बक्यौता रहेको छ । 

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८ सय ५६ ऋणीको रु.३ अर्ब १८ करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जनाएको छ । 

‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०७९ चैत मसान्तमा रु.६५ करोड ८७ लाख बक्यौता रहेको छ ।

अन्तर–बैंक कारोबार
आर्थिक वर्ष २०७९/८० को नौमहिनामा वाणिज्य बैंकहरुको रु.२७१५ अर्ब ९० करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को रु.२६६ अर्ब ७९ करोड गरी कुल रु.२९८२ अर्ब ६९ करोडको अन्तर–बैंक कारोबार भएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको रु.२२९९ अर्ब २२ करोड र अन्य वित्तीय संस्थाहरुको रु.२६९ अर्ब ६८ करोड गरी कुल रु.२५६८ अर्ब ९१ करोडको अन्तर बैंक कारोबार भएको थियो ।

मर्जर/प्राप्ति
वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७९ चैत मसान्तसम्म कुल २५९ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन्। यसमध्ये १८५ संस्थाहरुको इजाजत खारेज हुन गई ७४ संस्था कायम भएका छन् ।

वित्तीय पहुँच
कूल ७५३ स्थानीय तहमध्ये २०७९ चैतसम्म ७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७८ चैतसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।

राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७९ चैत मसान्तमा ११९ रहेको छ । यसमध्ये २१ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६३ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७९ असार मसान्तमा ११,५२८ रहेकोमा२०७९ चैत मसान्तमा ११,६४३ पुगेको छ । 

Advertisement

Advertisement