रु. तीन खर्ब ७१ अर्ब उठ्यो आन्तरिक राजस्व, गत वर्षभन्दा रु. ६ अर्ब ७२ करोड कम

Advertisement

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो ९ महिनामा तीन खर्ब ७१ अर्ब ५९ करोड आन्तरिक राजस्व संकलन भएको छ । आन्तरिक राजस्व विभागअन्तर्गतका कार्यालयहरुले सो बराबरको राजस्व संकलन गरेका हुन् ।

बैशाखमा आयकर शीर्षकमा आठ अर्ब ८३ करोड राजस्व संकलन भएको छ भने मूल्य अभिवृद्धि कर (भ्याट) शीर्षकमा नौ अर्ब ७७ करोड रुपियाँ संकलन भएको छ । अन्तःशुल्क शीर्षकमा नौ अर्ब ८२ करोड राजस्व संकलन भएको छ ।

Advertisement

यसैगरी, घरबहाल कर शीर्षकमा १९ करोड ७० हजार संकलन हुँदा ब्याज कर पाँच अर्ब छ करोड रुपियाँ जम्मा भएको छ । स्वास्थ्य सेवा शुल्कमा ५२ करोड ९५ लाख रुपियाँ जम्मा हुँदा शिक्षा क्षेत्रमा २३ करोड ५३ लाख रुपियाँ जम्मा भएको छ । यो महिना गत वर्षको सोही अवधिमा भन्दा एक अर्ब २० करोड रुपियाँ कम राजस्व संकलन भएको छ ।

गत आर्थिक वर्ष २०७८–७९ को पहिलो ९ महिनाको तुलनामा चालु आर्थिक बर्षको सोही अवधिमा छ अर्ब ७२ करोड रुपियाँ कम राजस्व असुली भएको छ । देशभर आर्थिक गतिविधिमा सुस्तता आउँदा सरकारले राजस्व परिचालनलाई प्रभावकारी बनाउन नसकेको हो ।

चालु वर्षको पहिलो ९ महिनामा सबैभन्दा धेरै आयकर शीर्षकमा सबैभन्दा धेरै एक खर्ब ७३ अर्ब रुपियाँ संकलन भएको छ । भ्याट शीर्षकमा ९० अर्ब ६८ करोड रुपियाँ जम्मा हुँदा अन्तःशुल्ल शीर्षकमा ८३ अर्ब ३३ करोड संकलन भएको छ ।

Advertisement

Advertisement