व्यवसायी प्रेमकण्ठ श्रेष्ठको अन्तरकथाः कसरी स्थापित गराए धुलिखेल रिसोर्टलाई ?

Advertisement

धुलिखेल । आथित्यता क्षेत्रमा करिब ४५ वर्षदेखि सक्रिय प्रेमकण्ठ श्रेष्ठले १९९३ सुरु गरेका थिए ‘धुलिखेल लज रिसोर्ट’ । उनले ६० लाख रुपियाँ लगानीबाट सुरु गरेको यो रिसोर्टमा अहिले लगानी बढेर एक अर्ब रुपियाँ पुगिसकेको छ । लगानीसँगै रिसोर्टमा नयाँ सुविधा र आकर्षण पनि थपिएका छन् । 

धुलिखेल लज रिसोर्टका प्रवन्ध निर्देशक रहेका श्रेष्ठले बैंकमा जग्गा धितो राखेर ऋण लिई रिसोर्ट निर्माण गरेका थिए । असी रोपनी क्षेत्रफलमा फैलिएको यो रिसोर्ट अहिले परिचित ब्राण्डको रुपमा समेत स्थापित भइसकेको छ । 

Advertisement

आफ्नो सुरुवाती चरण सुनाउँदै उनले भने, ‘मेरो बुबाको कपडा पसल थियो । म त्यही पसलमा बस्थें । पढ्थें । कक्षा १० पास गरेपछि काठमाडौं गएर उच्च शिक्षा पढ्न थालें । बीबीए (ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन) सकाएर फेरि धुलिखेल फर्किएँ । त्यतिबेला ‘धुलिखेल लज’ भनेर हाम्रो पारिवारिक व्यवसाय सुरु भएको थियो । त्यही लज मैले चलाउन थालें र पछि रिसोर्ट बनाएको हो ।’ 

अस्ट्रियामा रहेका दाईले ‘होटल नै चलाउने हो भने विदेशमा कसरी चलाउँछ ? सिक्न आउ’ भनेपछि श्रेष्ठ २०४५ सालमा अस्ट्रिया पुगे । अस्ट्रियासँगै जर्मनी पुगेमा उनले एक–डेढ महिना बिताए । त्यहाँ रहँदा धेरै कुरा हेर्न र सिक्न सकेको श्रेष्ठले सुनाए । व्यवसायी श्रेष्ठ नेपाल फर्किएपछि धुलिखेल लजबाट कमाएको पैसाले जग्गा खरीद गरे सो ठाउँमा रिसोर्ट निर्माण गरे । 

उनले भने, ‘धुलिखेल लज थोरै जग्गामा थियो । अहिले रिसोर्ट रहेको ठाउँमा केही पनि थिएन् । बिस्तारै जग्गा मैले किनें । रिसोर्ट निर्माण गरें । मसँग सुरुको बेला १५ जना स्टाफ थिए । अहिले ९० जना छन् ।’ रिसोर्टको खाने कुराको स्वाद र गुणस्तरमा आफूले सधैं शिेष ध्यान दिने गरेको श्रेष्ठले बताए । 

क्षेत्रीय होटल संघ धुलिखेलको अध्यक्ष समेत रहेका उनलाई लन्डनमा आथित्यता क्षेत्रमा स्नाकोत्तर गरेर फर्किएकी छोरीले सहयोग गर्दै आएकी छन् । अहिले रिसोर्टको सबै कुरा छोरीले हेर्ने गरेको व्यवसायी श्रेष्ठले बताए । उनले १६ वटा रुम, रेस्टुरेन्ट, सम्मेलन हलबाट रिसोर्ट सुरु गरेका श्रेष्ठले यसको स्तर बढाउँदै सुइट रुम, स्विमिङ पुल पनि थपेका छन् । अहिले धुलिखेल रिसोर्टमा उच्चस्तरका समेनत गरी करिब ६६ वटा रुम रहेका छन् । 

आफ्नो रिसोर्टमा स्विमिङ पुल अरु रिसोर्टको भन्दा फरक रहेको पनि उनले बताए । श्रेष्ठले थपे, ‘अरु होटल, रिसोर्टहरुभन्दा हाम्रोमा प्रकृतिलाई संरक्षण गरेका छौं । हामीकहाँ सुरुदेखि काम गर्दै आएका स्टाफहरु पनि अझै काम गरिरहेका छन् । त्यही अनुसार ग्राहकहरुलाई घरमा जस्तो महशुुस हुने वातावरण दिइरहेका छौं ।’ 

धुलिखेल रिसोर्टमा चार वटा सम्मेलन हल छ, जुनको स्तर धुलिखेलका कुनै पनि रिसोर्टमा नरहेको उनले दावी गरे । रेस्टुरेन्ट पनि तीन वटा छन् । स्पाको पनि सुविधा दिँदै आएको धुलिखेल रिसोर्ट तीन तारे स्तरको हो । धुलिखेल रिसोर्टमा ६–७ ठाउँमा ‘प्राइभेट बर्न फायर चिमनी’ राखिएको छ, जुन धुलिखेलका अरु रिसोर्ट तथा होटलहरुमा नरहेको श्रेष्ठले बताए । 

आफूहरुले लक्जरी टुरिष्टहरुलाई पनि केन्द्रीत गरेर सुइट रुमहरु थपेको बताउँदै उनले भने, ‘नेपालमा हस्पिटालिटि क्षेत्रमा धेरै गाह्रो र चुनौती छ । स्टाफहरु राख्दा ध्यान दिनुपर्छ । उनीहरुले राम्रोसँग काम गर्न जानेनन् भने यस क्षेत्रमा धेरै गाह्रो हुन्छ । खाना मिठो भएन कि ? खाना खाएर पेट दुख्यो कि ? सुताइ कस्तो भयो ? जस्त चुनौतिहरु हुन्छन् । कोरोना महामारीबाट निकै प्रभावित भएको होटल तथा रिसोर्ट क्षेत्रमा अहिले भने केही चहलपहल सुरु भएको श्रेष्ठको भनाई छ । 

होटल तथा रिसोर्ट व्यवसायीहरुको मुख्य समस्या भनेको बैंकको चर्को ब्याज हो भन्दै उनले ८–९ प्रतिशतमा बैंकबाट लिएको ऋणको ब्याजदर अहिले झण्डै दोब्बर भएको गुनासो गरे । कसरी यस व्यवसायमा टिकिराख्ने ? श्रेष्ठले भने, ‘राज्यबाट केही छैन्् । बैंकबाट पनि केही छैन् । भोलिका दिनमा मेरो रिसोर्ट डुब्यो भने बैंक पनि डुब्छ । हामी जस्ता व्यवसायीलाई टिकाउन सरकारले केही गर्नुपर्ने हो ।’ अहिले धुलिखेल रिसोर्टको ‘अकुपेन्सी’ ६० प्रतिशत रहेको उनले जानकारी दिए । 

Advertisement

Advertisement