सरकारले कृषि बीमाको तीन अर्बभन्दा बढी अनुदान नदिएपछि कम्पनीहरुले बन्द गरे दावी भुक्तानी

Advertisement

काठमाडौं । सरकारले प्रतिवद्धताअनुसार कृषि बीमाको अनुदान समयमा नदिँदा काम गर्न गाह्रो भएको बीमा कम्पनीहरुले बताएका छन् । उनीहरले कृषि बीमाको अनुदानको रकम पाउन एक बर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको बताएका हुन् । 

सरकारले वि.सं. २०६९ साल माघदेखि कृषक र कृषिलाई प्राथमिकता दिने भन्दै कृषि बीमाशुल्कमा अनुदान दिन थालेको थियो । बीमक संघले विगत १० वर्षदेखि बीमा कम्पनीहरुले नियामक निकायको निर्देशिकाबमोजिम कृषि बीमालेख जारी गर्ने, क्षति हुँदा क्षतिको दावी भूक्तानी गर्ने गरे पनि सरकारले तोकेको अनुदान एक वर्षपछि मात्रै दिँदा आफूहरुलाई व्यवसाय गर्न गाह्रो भएको बताएका हुन् । 

Advertisement

संघकाअनुसार सरकारले कृषि बीमाको अनुदानवापत कम्पनीहरुलाई भुक्तानी गर्न बाँकी अनुदान रकम तीन अर्ब रुपियाँभन्दा बढी पुगेको छ । सोमध्ये माछाको अनुदान रकम २०७७ सालदेखि बाँकी रहेको छ । 

बीमक संघले अनुदानको रकम पाउन कठिनाई भएको भन्दै नियामक नेपाल बीमा प्राधिकरण, कृषि विभाग र कृषि तथा पशुपंक्षी मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । 

साथै, संघले यही जेठ ७ गतेदेखि कृषिसँग सम्बन्धित बीमालेखहरु जारी गर्न तथा दावी भूक्तानी दिन स्थगन गरिएको जनाएको छ 

Advertisement