देवांशी सप्लायर्सले अवैध रुपमा भारत पठाउन लागेको स्क्रयाब राजस्व अनुसन्धानले समात्यो

Advertisement

काठमाडौं। टंकेश्वरको देवांशी सप्लायर्सले राजस्व छलि गरी अवैध रुपमा भारत पठाउन लागेको स्क्रयाब समातिएको छ। राजस्व अनुसन्धान विभागले विशेष सूचनाको आधारमा राजधानीको थानकोटबाट ट्रक नियन्त्रणमा लिएको हो।

देवांशी सप्लायर्सले न्युनबिजिकरण गरी बिल निर्माण गर्ने गरेको छ। प्रयोग भैसकेका इनर्जी ड्रिङस, कोकाकोला, फेन्टा लगायतको बोतल संकलन गरी प्रतिकिलो ५ रुपैयाँमा नै बिल तयार गरी कर छलि गर्ने गरेको छ। जबकी बजार मूल्य प्रतिकिलो ५० देखि ६० रुपैंया रहेको छ। शनिबार नियन्त्रणमा लिइएको ना ६ ख ६३८७ नम्बरको ट्रकमा ६ हजार किलो सामान बरामद भएको छ। तर सप्लायर्सले भने २ हजार किलोको मात्रै बिल तयार गरेको छ।

Advertisement

यस्तै बिलमा बाटो प्रयोजनको लागि मात्रै सिमा नाकाको व्यावसायिक फर्मको नाम उल्लेख गरिएको छ। विभागले सप्लायर्स विरुद्ध थप अनुसन्धान अघि बढाएको छ।  

यसैगरी आल्मोनियमको बजार मूल्य प्रतिकिलो १ सय ५० रुपैंया कायम रहेको छ। यसको बिल १० देखी १५  रुपैंयाको मात्रै बनाउने गरिएको छ। यी बस्तुहरु फोहोर मात्रै नभएर कच्चा पदार्थ समेत हुन्। यी कच्चा पदार्थमा आधारित धेरै उद्योगहरु नेपालमै स्थापना भएका छन्। कच्चापदार्थको अभावले गर्दा नेपाली उद्योग भने बन्द हुने अवस्थामा पुगिसकेका छन्।

यी वस्तुहरु भारतमा प्रतिबन्ध समेत लगाइएको छ। तर अवैध रुपमा चोरी निकासी गरी भारत पुर्याइने गरिन्छ। यसका लागि काठमाडौंका व्यावसायीहरुले सिमा वरपरको व्यावसायीलाई किर्ते बिल खडा गर्ने गरेका छन्। सोहि बिलको प्रयोग गरी सिमा नाकासम्म सामान पुर्याउने गरिन्छ।

यसपछि अवैध तवरले भारतमा पठाउने गरिन्छ। नेपालका उद्योगीले भन्दा भारतका उद्योगीले रकम धरै दिने भएपछि व्यापारीहरु सामान भारत पठाउन तल्लिन रहेका छन्।

Advertisement

Advertisement