नाइला बनिन् ल्होत्से आरोहण गर्ने पहिलो पाकिस्तानी महिला

Advertisement

काठमाडौं । पाकिस्तानकी नाइला कियानीले विश्वको चौथो अग्लो शिखर ल्होत्से हिमालको सफलतापूर्वक आरोहण गरेकी छन् । 

उनी ल्होत्से हिमाल आरोहण गर्ने पहिलो पाकिस्तानी महिला हुनुका साथै पाकिस्तानबाट ८ हजार मिटरभन्दा अग्ला ६ वटा हिमाल आरोहण गर्ने एक मात्र महिला आरोही हुन् ।

Advertisement

उनले आज बिहान ८ बजेर १३ मिनेटमा ल्होत्से हिमालको सफल आरोहण गरेका इमाजिन नेपाल ट्रेक्सका प्रबन्धक दावा फुुटी शेर्पाले जानकारी दिइन् । पाकिस्तानकी नाइलाले इमाजिन नेपाल ट्रेक्सका पासाङ टेम्बा शेर्पासँग ल्होत्सको चुचुरोमा पुगेकी प्रबन्धक शेर्पाले बताइन् । 

यही वसन्त ऋतुमा उनले अन्नपूर्ण हिमाल, सगरमाथा र ल्होत्से हिमाल सफलतापूर्वक आरोहण गरेकी हुन् । 

त्यस्तै, पाकिस्तानकी कियानीले पाकिस्तानमा रहेको गाशरब्रम–१, गाशरब्रम–२ र केटु हिमालको सफलतापूर्वक आरोही गरी सकेकी छन् । उनी सर्वोच्च शिखर सगरमाथा यस वसन्त ऋतुको सगरमाथाको आरोहण गर्ने पहिलो अन्तर्राष्ट्रय आरोही बनेकी थिइन् । 
 

Advertisement

Advertisement