काठमाडौं। अर्थ मन्त्रालयले ६ उपसचिव सहित ४४ लेखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले बैशाख ३१ गते लेखा अधिकृत र उपसचिवको सरुवा गरेको हो ।
सरुवा हुनेहरुमा महालेखा नियन्त्रक कार्यालयका कर्मचारीहरु धेरै रहेका छन् । जसमा कार्यालयका उपसचिव कार्यालयमा रहेका रुक्मागत अर्याल कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलोनिका) सल्यान पुगेका छन् ।
सुरेश सुवेदी कोलोनिका रसुवा पुगेका छन्। मदन मगराती कोलोनिका बैतडी पुगेका छन्। पुष्पप्रसाद गुरागाई खानेपानी तथा सरसफाई आयोजना काठमाडौं पुगेका छन् ।
भुपेन्द्रबहादूर मल्ल कोलोनिका ओखलढुङगा पुगेका छन् भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव विष्णुप्रसाद निरौला कान्ति बाल अस्पताल पुगेका छन् ।
यसैगरी मन्त्रालयले कार्यालय तथा अन्य विभागमा रहेका ४४ जना लेखा अधिकृतहरुलाई पदस्थापना, सरुवा, कामकाजमा खटाएको छ ।