नेपाल टेलिकमले भारत तथा थाइल्यान्डका प्रिपेड र पोस्टपेड ग्राहकको सेवाशुल्क घटाउने

Advertisement

काठमाडौं । नेपाल टेलिकमले भारत र थाइल्यान्डमा प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दर घटाउने भएको छ । टेलिकमले जेठ तीन गतेदेखि लागू हुने गरी नयाँ महसुल दर कायम हुने जनाएको हो ।

टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइल लिएर यी दुई देश जाने सेवाग्राहीले पहिले भन्दा धेरै नै कम महसुल दरमा रोमिङ सेवा प्रयोग गर्न सक्ने  टेलिकमले जनाएको छ ।

Advertisement

नयाँ दर अनुसार भारतमा नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा प्रति मिनेट सात रुपियाँ शुल्क लाग्ने छ भने नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि प्रति मिनेट सात रुपियाँ नै लाग्ने भएको छ । त्यस्तै, एसएमएस गर्दा प्रति एसएमएस सात रुपियाँ लाग्ने नेपाल टेलिकमले जनाएको छ ।

हाल भारतको कुनै नम्बरमा कल गर्दा तीस रुपियाँ, अन्य नम्बरबाट आएको कल उठाउँदा १४ रुपियाँ र एसएमएस गर्दा २४ रुपियाँ लाग्दै आएको नेपाल टेलिकका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । 

Advertisement

Advertisement