सिद्धार्थ बैंकलाई आईएफसीले ५ करोड ५० लाख अमेरिकी डलर ऋण दिने सम्झौता

Advertisement

काठमाडौं । सिद्धार्थ बैंक र विश्व बैंक समूह अन्तर्गतको इन्टरनेशनल फाइनान्स कोअपरेशन (आईएफसी) बीच नेपालका लघु, साना तथा मझौला उद्यमीहरुको व्यवसायमा र जलवायु वित्तपोषणमा लगानी गर्ने सम्झौता भएको छ । 

सम्झौता अनुसार आईएफसीले बैंकलाई ५ करोड ५० लाख अमेरिकि डलर ऋण प्रदान गर्नेछ । बैंकलाई प्रदान गरिने सो ऋण रकम आईएफसीद्वारा कुनै पनि नेपाली बैंकलाई हालसम्म प्रदान गरिएको सबैभन्दा बढी ऋण रकम हो । 

Advertisement

यस सहकार्यसँगैै बैंकले स्वच्छ ऊर्जा परियोजना, विद्युतीय सवारी साधन, जलवायु मैत्रीपुर्ण कृषि जस्ता परियोजनामा लगानी गर्नेछ । यस सम्झौताले लघु, साना तथा मझौला व्यवसाय स्थापना, संचालन र प्रबद्र्धन गर्न र हाल नेपालको बैंकिङ्ग प्रणालीमा कायम तरलता अभावको समस्या समाधानमा पनि केहि हदसम्म टेवा पुगी अर्थतन्त्र सुदृढ बनाउन मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

आईएफसीको ग्लोबल ट्रेड फाइनान्स कार्यक्रमको सदस्य रहेको बैंकले १०औं ग्लोबल ट्रेड अवार्डमा कार्यक्रममा ‘बेस्ट अपरेशन्स बैंक इन साउथ एशिया २०२१’ को सम्मान पाएको थियो ।  

बैंकको २ खर्ब ७३ अर्ब ८३ करोड रुपैयाँको सम्पत्ति, २ खर्ब १६ अर्ब ९६ करोड रुपियाँ निक्षेप र १ खर्ब ८९ अर्ब ५४ करोड रुपियाँ कर्जा पूँजी रहेको छ । मुलुकभर १९५ शाखा, २२३ एटिएम् र १,७४४ पिओएस् छन् ।

Advertisement

Advertisement