प्रभु लाइफद्वारा लाभांश संशोधन गरी १०.३१ प्रतिशत घोषणा

Advertisement

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीद्वारा लाभांश संशोधन गरी शेयरधनीहरुलाई १०.३१५८ प्रतिशत दिने घोषणा गरेको छ । 

सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ९.८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५१५८ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । 

Advertisement

कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब रुपियाँ छ । नेपाल बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले लाभांश पाउने छन् । 

प्रभु लाइफ र महालक्ष्मी लाइफबीच मर्जर प्रक्रिया चलिरहेको छ । 
 

Advertisement

Advertisement