सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपियाँ घट्यो

Advertisement

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार १ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेर कारोबार भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला प्रतितोला १ लाख १० हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यसैगरी चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement