अजोड र यूनाईटेड इन्स्योरेन्सको एकीकृत कारोबार जेठ २१ देखि, नयाँ सीईओको खोजी हुँदै !

Advertisement

काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको मर्जर सम्पन्न भई यही जेठ २१ गते एकीकृत कारोबार सुरु हुने भएको छ ।  उक्त कम्पनीहरुको कारोबार अजोड युनाइटेड इन्स्योरेन्सको नामबाट हुनेछ ।

चार महिना अघि गत पुस २६ गते मर्जरमा सहमती गरेका यी कम्पनीहरुले एकीकृत कारोबारको लागि भने लामो समय खर्चेका छन् । यसअघि पनि अजोड र प्रभु इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने सहमति गरे पनि अन्तिममा अजोड इन्स्योरेन्सले डीमर्जरको घोषणा गरेको थियो । 

Advertisement

अजोडले प्रभु इन्स्योरेन्ससँग मर्जरमा जाँदा आफूले सीईओ नपाएको भन्दै मर्जर तोडेको थियो । तर, अहिले अजोड र यूनाईटेड इन्स्योरेन्स मर्जरमा जाने सहमती भएपछि भने अजोडले सीईओ पाउने सम्भावना टरेको छ ।

अजोड इन्स्योरेन्सका वर्तमान सीईओ कुमारबहादुर खत्रीले भने, अहिले यूनाईटेड इन्स्योरेन्सले नै दुवै सीईओ र संचालक समिति अध्यक्षको जिम्मेवारी लिने किसिमले सहमती भएको छ । उक्त सहमती अनुसार चाँडै नै हाम्रो एकीकृत कारोबार तय भएको हो । तर, सीईओ खत्रीले आफूले सीईओ पाउनका लागि जर्बजस्ती गर्दै आएको कुरा भने गलत साबित भएको बताए । सीईओ खत्रीले थपे, 'तपाईरुले मैले सीईओ नै चाहिन्छ भनेर मरिहत्ते गरेको सुन्नु भएको छ भने त्यो त गलत हो ।'  

दुई कम्पनीले १०० बराबर ९० को अनुपातमा मर्जर जाने सहमति गरेका हुन् । अहिले युनाइटेडको चुक्ता पुँजी एक अर्ब २ करोड रुपियाँ  छ भने अजोड इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब रुपियाँ छ । 

हाल यूनाईटेड इन्स्योरेन्सको बरिष्ठ डीसीईओमा नविन सुवेदी रहेका छन् । नयाँ बन्ने कम्पनीमाको सीईओ कस्लाई बनाउने भन्ने छलफल भइरहे पनि टुंगो लागिसकेको छैन । 

Advertisement

Advertisement