शहरी क्षेत्रमा माग बढ्दो देखेपछि च्याख्ला उद्योग खोलेका व्यवसायी कार्की के भन्छन् ?

Advertisement

काठमाडौं । गोदावरीका अजय कार्कीले विगत एक वर्षदेखि मकैको च्याख्ला उत्पादन र बिक्री गर्दै आएका छन् । उनले २५ लाख रुपियाँ लगानीमा सुरु गरेको ‘शुद्ध खाद्य उद्योग’मा च्याख्ला उत्पादन गर्ने पाँच वटा मेशिन छन् । 
 
कार्कीको उद्योगबाट स्थानीय जातको रातो र सेतो मकैको च्याख्लाका साथै गहुँको पिठो उत्पादन हुने गरेको छ । उनले मध्ये पहाडी भेगबाट मकै ल्याएर च्याख्ला उत्पादन गरी बिक्री गर्ने गरेको सुनाउँदै आफ्ना उत्पादन उद्योगबाट सिधै र अनलाइनबाट समेत बिक्री गर्ने गरेको सुनाउ । 

कार्कीले भने, ‘हाम्रो नयाँ व्यवसाय भएकाले आफै पनि मार्केटिङमा जाने गरेका छौं । उद्योग सुरु गरेपछिको एक बर्षमा व्यवसाय राम्रै भएको छ । अहिले मासिक छ लाख रुपियाँ जतिको कारोबार हुने गरेको छ । मानिसहरु आफ्नो स्वास्थ्यप्रति बढी सजग हुन थालेकोले होला, उनीहरुको रुची मौलिक र परम्परागत खाने कुराहरुमा जान थालेको छ ।’

Advertisement

रातो कमैको तुलनामा सेतोको उत्पादन कम हुनेहुँदा रातोको च्याख्लाभन्दा सोतोको च्याख्लाको मूल्य बढी पर्न जाने उनले बताए । कार्कीले रातो मकैको दाँजोमा सेतोमा चिनीको मात्रा मक हुने बताए । मकै र गहुँका उत्पादनहरुको माग शहरी क्षेत्रमा बढ्दो देखेपछि उनले यस क्षेत्रमा लगानी गर्ने निष्कर्षमा पुगेका थिए । 

कार्कीको उद्योगबाट सेतो मकैको च्याख्ला र गहुँको च्याख्ला खुल्ला रुपमा प्रतिकिलो ९० रुपियाँमा र प्याकेटको सय रुपियाँमा बिक्री हुने गरेको छ भने रातो मकैको च्याख्ला खुल्ला किलोको ७० रुपियाँ र प्याकेटको ८० रुपियाँमा बिक्री हुने गरेको छ । 

गाँउघरको तुलनामा शहर बजारमा मधुमेहका बिरामी धेरै हुने भएकाले शहरी क्षेत्रमा मकैको च्याख्लाको माग बढी हुने गरेको छ । त्यस्ता बिरामीलाई चामलको भातभन्दा मकैको च्याख्ला बढी उपयोगी हुन्छ । चामलमा भन्दा मकैमा कार्बोहाइडेड र ग्लुकोज कम हुने भएकाले मकैको च्याख्ला निरन्तर खाँदा तौल घट्ने कार्कीको भनाई छ । उनले मकैमा पाइने क्याल्सियमले हाड र दाँत मजबुत बनाउनुका साथै मुटुको चाल ठीक राख्न मद्दत गर्ने चिकित्सकहरुको भनाई उदृत गर्दै बताए । 

विश्वभर नै  मकैको उत्पादन  हुने गर्छ । विगतमा गाउँमा पाक्ने मकैको च्याख्ला र गहुँको ढिँडो अहिले काठमाडौंलगायतका शहरी क्षेत्रका होटल तथा रेष्टुरेन्टहरुमा पाक्ने गर्छ । 

Advertisement

Advertisement