ज्योति क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त

Advertisement

काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई क्यापिटलको अध्यक्ष पदमा नियुक्त गरेको छ । 

बैंकिङ्ग क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्ष भन्दा बढीको अनुभव बोकेका ढकाल आजैदेखि लागु हुनेगरी क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा चयन भएका हुन् ।   

Advertisement

प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट् रहेका ढकालसंग डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव रहेको छ । यसका साथै एनआईसी एसिया क्यापिटल लिमिटेड तथा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्षको रुपमा सफल कार्यकाल बिताएका थिए ।   

नव–नियुक्त सञ्चालक समितिका अध्यक्ष ढकालको यस क्षेत्रमा रहेको लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान गर्नुहुनेछ भन्नेमा यस क्यापिटल विश्वस्त रहेको छ ।

बैंकको सहायक कम्पनीको रुपमा रहेको यस क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ । यस क्यापिटलले चालु आव २०७९/८० को तेस्रो त्रैमाससम्म रु. १ करोड २४ लाख ७१ हजार ३ सय ९ रुपैया मुनाफा गरेको छ । 

साथै, हरेक ग्राहकहरुको समृद्धिको ज्योति बन्ने अभिलाषा बोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमतिको लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र प्राप्त गरी पूर्ण संचालनमा आउने क्रममा रहेको छ ।


 

Advertisement

Advertisement