नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल हज समितिका अध्यक्ष पक्राउ

Advertisement

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पक्राउ गरेको छ । 

प्रहरीले उनलाई सिंहदरबार परिसरबाट पक्राउ गरेर काठमाडौं प्रहरी परिसर लगिएको छ । यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा मियाँ पनि यस प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउको तयारी भइरहेको संकेत दिएको थियो । 

Advertisement

उनले बिहीबार बिहान ऊर्जा मन्त्रालय नजिकबाट पक्राउ गरिएको हो । मियाँले हज समितिको गाडी नक्कली शरणार्थी बनाउने क्रममा प्रयोग गर्न पनि दिएका थिए । उनलाई यसै प्रकरणमा मुछिएका तत्कालिन गृहमन्त्री तथा नेकपा एमालेका नेता रामबहादुर थापाले समितिको अध्यक्ष नियुक्त गरेका थिए । पछि गृहमन्त्री भएका बालकृष्ण खाँडले मियाँको म्याद दुई बर्ष थपिदिएका थिए ।  

Advertisement

Advertisement