दुई खर्ब ७१ अर्बको थप धितोपत्र नेप्सेमा सूचीकृत, बोनस शेयर कति ?

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा चालु आवको नौ महिना अर्थात चैत मसान्तसम्म २ खर्ब ७१ अर्ब १९ करोड रुपियाँ बराबरको थप धितोपत्र सूचीकृत भएको छ । 

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको नौ महिनाको तथ्याङ्क अनुसार १ खर्ब ६५ अर्ब ५६ करोड बराबरको साधारण शेयर, ३५ अर्ब बराबरको विकास ऋणपत्र, २९ अर्ब १९ करोड बराबरको डिबेञ्चर, ३१ अर्ब ८४ करोड बराबरको बोनस शेयर, ५ अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र ४ अर्ब ११ करोड बराबरको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ । 

Advertisement

चैत मसान्तसम्मको तथ्याङ्क अनुसार नेप्सेमा सूचीकृत कम्पनीहरुको संख्या २४८ छ । 

१४१ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी सूचीकृत भएका छन् भने ६९ जलविद्युत कम्पनी, १९ उत्पादनमूलक कम्पनी, ६ लगानी कम्पनी, ६ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका कम्पनी हुन् । २०७८ चैतमा सूचीकृत कम्पनीहरुको संख्या २२९ थियो । 

सूचीकृत कम्पनीहरु मध्ये धितोपत्र बजार पूँजीकरणको हिस्सा सबैभन्दा बढी ६३.८ प्रतिशत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको छ । 

त्यसैगरी जलविद्युत कम्पनीको १४.४, लगानी कम्पनीको ६.९, उत्पालनमूलक कम्पनीको ३.९, होटलको २.१, व्यापारिक संस्थाको ०.४ र अन्य समूहका कम्पनीको हिस्सा ८.५ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । 
 

Advertisement

Advertisement