उच्च अंकले बढ्यो शेयर बजार, लामो समयपछि करीब डेढ अर्बको कारोबार

Advertisement

काठमाडौं । शेयर बजार आज लगातार तेस्रो दिन पनि बढेको छ । बजार उच्च अंकले बढेसँगै आज लामो समयपछि कारोबार रकम पनि करीब डेढ अर्ब पुगेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३२.३० अंकले बढेको हो । १.७५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८७७.३२ अंकमा उक्लिएको छ । 

Advertisement

आज २६४ कम्पनीका ४४ लाख २२ हजार १ सय ८६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३ सय ८८.२१ रुपियाँ बराबरको कारोबार भएको हो । 

हिमालय उर्जा र आत्मनिर्भर लघुवित्त कम्पनीमा पोजेटिभ सर्किट लाग्दा एनआईबीएल ग्रोथ फण्डका लगानीकताहरुले सबैभन्दा बढी ३.१४ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ८ करोड ६३ लाख ४८ हजार ४ सय ३६.८० रुपियाँ बराबरको कारोबार भएको हो ।

साताको पहिलो दिन आइतबार १६.९६ अंकले बजार घट्दा ९० करोड ५ लाख ६३ हजार ८ सय ५६.२५ रुपियाँ, सोमबार ३.३४ अंकले बजार घट्दा ६९ करोड ७८ लाख २ हजार २ सय ५२.१८ रुपियाँ, मंगलबार ३.२९ अंकले बजार बढ्दा ६४ करोड १ लाख १७ हजार २ सय ६०.५२ रुपियाँ र हिजो बुधबार २३.३९ अंकले बजार बढ्दा ८५ अर्ब ७६ लाख २४ हजार ३ सय १८.४६ रुपियाँ बराबरको कारोबार भएको थियो ।   


 

Advertisement

Advertisement