मकालुको ७८०० मिटर उचाईमा फँसेकी भारतीय आरोहीको शेर्पा समूहद्धारा सफल उद्दार

Advertisement

काठमाडौं । विश्वको पाँचौं अग्लो हिमाल मकालु (८,४६३ मिटर)को (७,८०० मिटर) उचाइबाट भारतीय महिला आरोही पियाली बसाकको सकुशल उद्धार गरिएको छ ।  

उनले हिजो (बुधबार) बिहान करिब ७–८ बजेको समयमा मकालुको सफल आरोहण गरेको पायोनियर एडभेन्चर कम्पनीले जानकारी दिएको छ । 

Advertisement

आरोहण गरी फर्किने क्रममा मकालुको सात हजार आठ सय मिटरको उचाइमा बसाक फँसेकी थिइन् । उनलाई आफ्नो कम्पनीका तीन जना शेर्पाले सकुशल उद्दार गरेको पायोनियर एडभेन्चरले जनाएको छ । 

बसाकलाई क्याम्प–३ ल्याइएको जानकारी दिँदै कम्पनीले उनको सहज र सुरक्षित अवतरण सुनिश्चित गर्न आवश्यक सावधानी अपनाएको बताएको छ । बसाकलाई शुक्रबार बिहान हेलिकोप्टरमार्फत क्याम्प–३ बाट काठमाडौं ल्याइने योजना छ । 

उनले यही वसन्त सिजनमा अन्नपूर्ण हिमालको सफलतापूर्वक आरोहण गरेका थिइन् । बसाक शिक्षक हुन् । 

Advertisement

Advertisement