आज (जेठ ५)को राशिफलः तपाईंको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल ज्येष्ठ महिनाको ५ गते शुक्रबार, ज्येष्ठ कृष्णपक्षको अमावश्य तिथि तिथि । आज वटसावित्री व्रत रहेको छ । साथै आज शनि जयन्ती ।

मेष 
भोज भतेर तथा रमाईलोमा भाग लिन पाइने छ । तर स्वास्थ्यसम्बन्धी समस्याले च्याप्दा त्यत्ति रमाईलो क्षणमा पनि रम्न कठिन भने हुने छ । पेशागत जीवनमा धेरै जोखिम भन्दा निरन्तरताबारे ध्यान दिनु होला । आम्दानीमा गिरावट हुने छ । भाग्यहिनताका कारण सफलताहरु कठिन बन्ने छन् । न्याय क्षेत्र, लेखन, उच्च ब्यवस्थापक, वाणिज्य, पत्रकारिता, सञ्चार जगत, स्टेशनरी जस्ता पेशा ब्यवसायमा संलग्नहरुलाई समय प्रतिकुल छ ।

Advertisement

वृष 
मदिराजन्य पदार्थको प्रयोगबाट झैझगडा र झडप जस्तो अवस्था निम्तिने छ । साथिभाइहरुकै बीचमा पनि कटुता र द्वन्द चर्किन जाने छ । मानसिक रुपमा कमजोर अवस्थाको सामना गर्नु पर्न छ । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नु पर्ने छ । शिक्षा क्षेत्र, लेखन, अध्ययन अध्यापन, प्रेस, होटल, रेष्टुरेण्ट, आदीमा संलग्नहरु समय कठिन देखिन्छ । 

मिथुन
मनमा वैराग्यताले सताउने छ । जसले गर्दा आशावादी भन्दा निराशावादी व्यक्तित्व बन्ने छ । लक्ष्य र सपना ढिला गरि पुरा हुन जाने छन् । जीवनसाथिको दरिलो साथले निकै मद्धत मिल्ने छ । परिवारमा सुमधुर वातावरण हुने छ । भाग्यहिनताका कारण जे बोले पनि अपजस आउने छ । पेशागत जीवनमा धेरै जोखिम नलिनु होला । 

कर्कट
मिठा मिठा खानेकुराहरुमा मन जाने छ । मिठा खानेकुरा बनाएर साथिभाइहरुलाई खुवाउन मन लाग्ने छ । कमाईमा बृद्धि हुने छ भने खर्च पनि निकै बढ्न जाने छ । भाग्य बलियो रहेका कारण आँटेका कुराहरु पुरा हुने छन् । पेशात जीवन पनि सहज बन्ने छ । यात्रामा जाने क्रममा केही असहजताको अनुभूति भने हुने छ ।

सिंह
भविष्य प्रतिको चिन्ताले अति नै सताउने छ । शारीरिक थकान तथा रगतसम्बन्धी समस्याबारेमा सतर्क रहनु होला । पेशागत जीवन औसत रहे पनि स्वास्थ्यसम्बन्धी समस्याले धेरै गति भने लिन सक्ने छैन् । घर जग्गाको कारोवार, होटल, रेष्टुरेण्ट, डान्स बार, सजावटका सााग्रीहरुको कारोवार, व्युटिपार्लर आदी जस्ता पेशा ब्यवसायमा संलग्नहरुलाई फाइदा मिल्ने छ । 

कन्या
ख्याल ठट्टा गर्न नजान्ने खालको कडा मिजासको स्वाभाव हुने छ । जसले गर्द अरुसँग अन्तरघुलन हुन कठिन हुने छ ।  निडर स्वाभावको रुप देखा पर्ने छ । मनोबलमा बृद्धि हुँदा रिस कडा हुन जाने छ । दाम्पत्य जीवन सहज रहने छ । पेशागत जीवन औसत खालको हुने छ । जोखिमपूर्ण क्षेत्रमा रहेकाहरुलाई लाभ मिल्ने छ । 

तुला
सृजनशिलतामा बृद्धि हुने भए पनि धेरै कल्पनात्मक स्वाभावले आय आर्जनमा बृद्धि हुने छैन् । यसले परिवारमा तनाव उत्पन्न गराउने छ । मनगढन्ते विषयहरुमा मन जाने छ । दाम्पत्य जीवनमा पनि झैझगडा हुने भएकाले विचार पुर्याउनु होला । नेतृत्व, ब्यवस्थापक, स्टेसनरी, कलेज, बोडिङ्ग स्कुल, शैक्षिक संस्था जस्ता क्षेत्रमा आवद्धहरुलाई चुनौति देखिन्छ । आम्दानीमा पनि गिरावट आउने हुँदा दबाब सृजना हुने छ ।

वृश्चिक
पैसाप्रति धेरै सक्रिय हुन मन लाग्ने छ । यसले सामाजिकरणमा भने कमि ल्याउने छ । जसले गर्दा अरुले स्वार्थी व्यक्तित्व भनि चित्रण गर्ने छन् । पेशागत जीवनबाट आर्थिक लाभ हुने भए तापनि साथिभाइको विश्वास भने गुम्न पुग्ने छ । ब्यापार विजनेशमा रहेकाहरुलाई फाइदा मिल्ने छ । बोलीमा रुखोपन हुने हुँदा सचेत रहनु होला । प्रकाशन, पत्रकारिता, स्टेशनरी, वाणिज्य ब्यापार जस्ता क्षेत्रमा सक्रियहरुलाई फाइदा मिल्ने छ । 

धनु 
रसिक व्यक्तित्व बन्ने छ । घर परिवारमा पनि हाँसो ठट्टामय वातावरण बन्ने छ । परिवारको साथले गर्दा कर्मशिलता बढ्ने छ । पेशागत सकारात्मक बन्ने छ । आम्दानीमा पनि बृद्धि हुने छ । अस्पतालका सामानको आपूर्ति, औषधिको कारोवार, वाणिज्य, पत्रकारिता, ब्यवस्थापन, आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई सकारात्मक रहने छ । 

मकर
सांगीतिक क्षेत्रमा मन जाने छ । रसिलो बोलीले गर्दा विपतिर लिङ्गीहरु तुरुन्त आकर्षित हुन पुग्ने छन् । तर यौनका विषयमा अनुशासित बन्दा राम्रो । आम्दानीमा बृद्धि भए पनि लुगा कपडा जस्ता किनमेलमा निकै खर्च हुने छ । परिवारमा मधुर वातावरण रहने छ । पेशागत जीवन मध्यम खालको रहने छ । सृजनशिल क्षेत्रमा सक्रियहरुलाई लाभ मिल्ने छ । 

कुम्भ 
सहज रुपमा गरिएको हाँसिमजाकले अशुभ परिणाम ल्याउने छ । आफुले गरेको सानो ख्याल ठट्टाको क्रमलाई अरुले गम्भीर रुपमा लिइ दिँदा सम्बन्धहरुमा तिक्तता ल्याइदिने छ । पेशागत जीवन भने शुभ रहने छ भने आम्दानीमा पनि बृद्धि हुने छ । सार्वजनिक सवारीसाधन, ढुवानीका सवारीसाधन, औषधी ब्यापार, मेडिकल पसल, ठेक्कापट्टा, छालाजन्य वस्तुको कारोवार, भैंसीपालनमा लागेकाहरुलाई लाभ हुने छ । 

मीन
बोलेको कुरा अरुले पत्याउने छन् । जसले गर्दा झुट बोलौँ बोलौँ लाग्ने छ । पेशागत जीवन अनुकुल बन्ने छ । आम्दानी औसत खालको रहने छ । भाग्यको साथ भएका कारण अरुको विश्वास जित्न सकिने छ । शिक्षा क्षेत्र, बोडिङ्ग स्कूल, कलेज तथा विश्वविद्यालय, अध्ययन अध्यापन, परामर्श जस्ता क्षेत्रमा सक्रियहरुलाई फाईदा मिल्ने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement