स्वास्थ्य बीमा बोर्डले रु. ३० अर्ब भुक्तानी गरिसक्दा पनि सरकारले पूर्वाधार बढाएनः बसौंला

Advertisement

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौंलाले सरकारले आफैले जन्माएको स्वाथ्य बीमा कार्यक्रमलाई सरकारले नै नजरअन्दाज गर्न नहुने बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले स्वास्थ्य बीमा कार्यक्रम गरिब, बिरामी, रोगीको साथी बनेकाले यसमा बलियो नीति आवश्यक रहेको बताए । 
 
बसौंलाले भने, ‘यो स्वास्थ्य बीमाले जनातामा परोपकारको काम गरेको छ । यसले केही पनि बिगारेको छैन् । हामीलाई विपन्न नागरिकहरुले आफ्नो दुःखका पैसा दिईरहनु भएको छ भने जोसुकैको अफ्ठयारोमा यसले सहयोग गरिरहेको छ । अब स्वास्थ्य बीमाका पूर्वाधार थपेर यसलाई बलियो बनाउने सरकारको नीतिहरु हामीलाई चाहिएको छ । पूवार्धार सानै भए पनि हामीले ३० अर्ब रुपियाँ बराबरको भुक्तानी गरिसकेका छौं ।’

Advertisement

बीमितले जम्मा तीन हजार पाँच सय रुपियाँ बीमाशुल्कबापत तिरेर लाखौं रुपियाँ बराबरको सुविधा पाउने भएकाले पनि यसमा आकर्षण बढी रहेको बताए । स्वास्थ्य बीमा कार्यक्रम २०७२ सालबाट सुरु भएको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बोर्डले दावी भुक्तानी गरेको रकम १० अर्ब रुपियाँ बराबर रहेको छ । 

सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रममा स्वास्थ्य बीमा कार्यक्रमलाई पुनरावलोकन गरिने बताएको छ । 

बसौंलाको बाँकी भनाई
स्वास्थ्य बीमा कार्यक्रमको कुरा गर्दा यसको संरचना विकास र पूर्वाधार बढाउन सरकारले सघाउनुपर्ने अवस्था छ । सरकारले त्यस्ता समस्याहरुको समाधान गर्नुपर्ने अवस्था छ । यहाँ त खाली भएन भएन भन्ने मात्र चलन छ । नभएको कुरा र हुनुपर्ने कुरा के के हुन् ? पनि आउन पर्यो । ऐनले नै हामीलाई स्वायत्त संस्था भनेको छ । तर अहिलेसम्म बीमा बोर्ड स्वायत्त बन्न पाएको छैन् । दुई वर्षदेखि आफ्ना कर्मचारीहरुलाई थाई गराउन सकिएको छैन । 

अहिलेसम्म विपन्न नागरिकहरुको मात्रै सहभागी छ यसमा । अन्य सम्पन्न, निरोगी नागरिक तथा कामदारहरु पनि यसको दायरामा समेटिन सक्छन् । ऐनले दिएको सुविधा भएकाले यसको लाभ जनताले उठाउनुपर्ने देखिन्छ । 

हामी जनतालाई सहयोग गर्ने निकाय भएकाले यसमा भएकालेहरुले नभएकाहरुलाई दिन, सहयोग गर्न चाहानुहुन्छ भने उहाँहरु हामीसँग जोडिनसक्नु हुन्छ । हामीले अरु सहयोग मागेका होइनौ । सम्पन्न मानिसले पनि यसको महत्व बुझेर बीमा गर्दा हुन्छ । 

हाल जिल्ला सम्पर्क कार्यालय तथा काठमाडौं र भक्तपूरका पाँच वटा पालिकाबाहेक अन्य सबैमा यो बीमा पुगेको छ । करिब चार सय कर्मचारीहरु अहिले कार्यरत छन् । त्यसमा समस्या के छ भने धेरै कर्मचारीहरु पनि काजमा आउनु भएको अवस्था छ । त्यस्ता कर्मचारीभन्दा पनि दिगो कर्मचारीको लागि सरकारले कदम चाल्न जरुरी छ । 

हामीले काजगपत्र मिलेको अवस्थामा बीमितको भुुक्तानी रोकेका छैनौ । सरकारकै योजना भएकाले हामीलाई भुक्तानीमा सरकारले पनि सघाउँदै आएको अवस्था छ । हालसम्म १० अर्ब रुपियाँ बराबरको बीमाशुल्क पनि संकलन भएको अवस्था छ । 

Advertisement

Advertisement