नाफाका लागि नभई ज्ञान नमरोस भनेर ‘विशाल आयुर्वेद’ चलाउँदै बद्री लामिछाने

Advertisement

काठमाडौं । बद्रीप्रसाद लामिछाने ‘विशाल आयुर्वेद’ सञ्चालन गर्दै आएका छन् । विगत २८ वर्षदेखि योग, ध्यान, आयुर्वेद सञ्चालन गर्दै आएका उनले ‘दर्शनशास्त्र, राष्ट्र र राष्ट्रियता’ भन्ने नाराका साथ काम गर्दै आएको बताए । 

लामिछानेले महाराजगञ्जस्थित विशाल आयुर्वेदबाट दुई हजार दुई सयभन्दा बढी आयुर्वेदिक औषधि बिक्री गर्दै आएका छन् । आयुर्वेद उनको मात्रै नभएर उनको पुख्र्यौली पेशा नै हो । आयुर्वेदिक उपचार व्यवसाय गरेर नाफा गर्नका लागि नभई ज्ञान नमरोस भनेर अंगालेको हुँ भन्दै उनले यसबाट मासिक ४० हजार रुपियाँको कारोबार हुने गरेको बताए । 

Advertisement

व्यवसायबाट कुनै ठूलो फाइदा नरहेको लामिछानेले सुनाए । उनी भन्छन्, ‘म दर्शनशास्त्र र कानुनको विद्यार्थी हो । कानुनी कुरा बाङ्गाटिङ्गा हुने, झुट्टो बोल्नुपर्ने हुँदा पढाइ छोडें र योग ध्यान तिर लागेको हुँ ।’

अस्पतालबाट सफल नभएका रोग आयुर्वेदिक औषधिले निको हुने गरेको छ । विशाल आयुर्वेदमा क्यान्सरबाहेक सबै प्रकारका रोगको उपचार हुने लामिछानेले बताए । उनले नाडी परीक्षण गरेर बिरामीको रोग पत्ता लगाउने गरेका छन् । यस्तो कुरामा कसैले चासो नदेखाउने लामिछानेले गुनासो गरे । 

उनले जमरा, तुलसी, गुर्जोको खेती गर्दै आएका छन् । खेतीसँगै हिमाली क्षेत्रका जङ्गलहरुबाट पनि जडिबुटी संकलन गर्ने गरेको लामिछानेले बताए । उनले जडिबुटी सुकाएर ढिकी, जाँतोमा कुट्ने औषधि उत्पादन गर्ने गरेका छन् । यसरी उत्पादन गरेर बिक्री गर्दै आएको सबै औषधि नेपालमै उत्पादित जाडिबुटीको भएको लामिछानेले जानकारी दिए । 

विशाल आयुर्वेदले जमरा र तुलसीको चियापत्ति पनि उत्पादन गर्ने गरेको छ । यस्तो चियापत्ति मानव शरिरलाई निकै फाइदाजनक हुने, कोलस्टोर, थाइराइड, मधुमेहलाई लक्षित गरेर उत्पादन गर्ने गरेको लामिछानेले बताए । आयुर्वेदिक औषधिहरुमा ग्यास्टिक, नशा, बाथ, पुरानो खोकी सन्चो हुने क्षमता हुन्छ । मालिसको तेल, कपाल उम्राने तेल पनि विशाल आयुर्वेदमा रहेको लामिछानेले बताए । कोरोनो महामारीको बेला शिवाअमृत नामक औषधिले कोरोनाको उपचार भएको उनले बताए । 

लामिछानेले बिक्री गर्दै आएका आयुर्वेदिक औषधि १५० देखि हजारौं रुपियाँ पर्ने छन् । स्वर्णभष्म नामक औषधि कमजोर हड्डी भाँच्चिएमा वा नजोडिएमा बढी उपयोगी हुने जनाइएको छ । 

सरकारी नियामक निकायहरुले आर्युर्वेदलाई आयुर्वेदकै नजरले नहेर्नेगरेकोमा लामिछाने चिन्तित देखिन्छन् । सरकारले आयुर्वेदिक औषधिलाई आधुनिक चिकित्सासँग तुलना गर्न नहुने बताए । उनले भने, एक नजरमा कानुनले हेर्छ । त्यही कानुनअनुसार औषधि उत्पादन गर्ने, प्रमाण पत्र दिने, अनुमति पत्र दिने, दर्ता गर्न खोज्छ । यसो हुँदा पनि आयुर्वेद अगाडी आएको छैन् । बारम्बार सरकारलाई जडिबुटीको विभाजन गर्यौ । त्यसमा पनि खाद्यान्न, जडीबुटी भनेर ज्वानो, मेथी, हर्रो, बर्रो, अमला ,कुरिलो छुट्टाउनुपर्ने हुन्छ ।’ 

उत्पादन हुने आयुर्वेद औषधिहरुमा पनि रसायन मिसावट हुँदै आएको पाइन्छ भन्दै उनले त्यसलाई रोक्न कडा कानुनी व्यवस्था गर्नु जरुरी रहेको बताइन । कानुनले केही मात्रामा सहज बनाउन सके मात्र यसले देशको अर्थतन्त्रलाई १० देखि २५ प्रतिशत योगदान दिनसक्ने लामिछानेको विश्वास छ । 

Advertisement

Advertisement