नीति तथा कार्यक्रममा बीमाः कैदी बन्दीहरुको पनि स्वास्थ्य बीमा गरिने

Advertisement

काठमाडौं । सरकारले आउँदो आर्थिक बर्षमा बीमाको पहुँच विस्तार गर्ने कुरालाई जोड दिएको छ । शुक्रबार स)सदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा बीमाको पहुँच बिस्तारमा जोड दिइएको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै न्यून आय रहेका नागरिकहरुमा समेत बीमाको आवश्यकता रहेको भन्दै लघु बीमामार्फत न्यून आय भएका जनतालाई बीमाको दायरामा ल्याउने बताए । 

Advertisement

उनले स्वस्थ अर्थतन्त्र निर्माणका लागि बीमा क्षेत्रको समेत ठूलो महत्व रहने बताए । पौडेलले आगामी बजेटमा सम्पन्न, विपन्न सबै जनतालाई बीमाको दायरामा ल्याउने सरकारको लक्ष्य रहेको बताए ।

त्यस्तै, उत्पादनमूलक क्षेत्रलाई आर्थिक लगानीसँग प्रत्यक्ष जोड्न सरकारले आवश्यक बाटो खोल्ने बताए । बीमा क्षेत्रमा पनि लगानीको दायरा बिस्तार गर्न बीमा कम्पनीहरुले लामो समयदेखि माग गर्दै आएका छन् ।

कृषि बीमाको दायरा समेत वृद्धि गर्दै लाने बताउँदै सरकारले पत्रकारहरुलाई समेत दुर्घटना बीमामा समेट्ने बताएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई पुनरावलोकन गरिने जनाइएको छ । कैदी बन्दीहरुका लागि पनि स्वास्थ्य बीमा लागू गरिने जनाएको छ । 

Advertisement

Advertisement