सरकार तलव, पेन्सन, सामाजिक सुरक्षाजस्ता अनिवार्य खर्च धान्ननसक्ने अवस्थामा पुग्योः ओली

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले जनताको सरकारप्रतिको अविश्वास अभूतपूर्व रुपमा बढेको दावी गरेका छन् । 

आईतबार सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले मुलुकको अर्थतन्त्र संकटापन्न अवस्थामा रहेको र सामाजिक तथा सांस्कृतिक क्षेत्रमा अस्वाभाविक गतिविधिहरु बढदा पनि सरकारले सो अनुसारको नीति तथा कार्यक्रम ल्याउन नसकेको जिकिर समेत गरे । 

Advertisement

ओलीले सरकार तलव, पेन्सन, सामाजिक सुरक्षा खर्च लगायतका अनिवार्य खर्च व्यवस्थापन गर्न पनि नसक्ने स्थिति पुगेको दोहोर्याए । उनले भने, ‘सरकारप्रति जनताको अविश्वास वास्तवमा भन्नेहो भने अभूतपूर्व ढंगले यो विश्वास ह्रास भएको छ । अविश्वास बढेको छ अभूतपूर्व ढंगले । जनतामा निराशा छ । सामाजिक तथा सांस्कृतिक क्षेत्र अस्वभाविक गतिविधिहरु बढदा छन । प्रमुख आर्थिक परिसूचकांकहरुले अर्थतन्त्र संकटापन्न भईसकेको देखाएका छन । सरकार राजस्व उठाउन असफल भईसकेको छ । राजस्वले चालू खर्च तलव, पेन्सन, सामाजिक सुरक्षा भत्ता लगायत अनिवार्य खर्च व्यवस्थापनको दायित्वसम्म पनि गर्न नसक्ने स्थिति सरकार पुगेको छ ।’

ओलीले सरकारले विगतका सरकारका राम्रा कामलाई समेत नीति तथा कार्यक्रममा समावेश गर्न नसेकेको भन्दै आपत्ति समेत जनाए । 

Advertisement

Advertisement