यो नीति तथा कार्यक्रम पास गर्न हुँदैन, फिर्ता लिएर पुनर्लेखन गर्नुस्ः ओली

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न माग गरेका छन् ।

आइतबार संसदमा बोल्दै उनले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न माग गरेका हुन् । आर्थिक वर्ष २०८–८१ को नीति तथा कार्यक्रम शुक्रबार संसदमा पेस भएको थियो । 

Advertisement

ओलीले प्रस्तावित नीति तथा कार्यक्रमले सबैको विश्वास मजबुत बनाउने विस्तृत खाका नदिएको र सरकारप्रति विश्वास बढाउने कुनै कार्यक्रम पनि दिन नसकेको भन्दै नीति तथा कार्यक्रममा लोकतन्त्रको आत्मा नरहेको टिप्पणी गरे । 

सरकारले देशको असामान्य आर्थिक अवस्थाको यथार्थलाई पनि लुकाउन खोजेको आरोप पनि उनले लगाए । 

Advertisement

Advertisement