जीवन बीमामा एक लाख रुपियाँसम्म कर छुटको दायरा बढाउन बीमा क्षेत्रको माग

Advertisement

काठमाडौं । जीवन बीमा कम्पनीहरुले जीवन बीमामा एक लाखसम्म कर छुट गर्न माग गरेका छन् । आर्थिक वर्ष २०८०–८१ को बजेट जारी हुने मिति नजिकिएको बेला उनीहरुले बजेट सुझाव पेश गर्दै कर छुटको सीमा बढाउन आग्रह गरेका हुन् ।  

अहिले बीमितहरुले वार्षिक ४० हजार रुपियाँ कर छुट पाउँदै आए पनि त्यसलाई दोब्बर भन्दा बढीले वृद्धि गर्नुपर्ने माग अघि सारिएको हो । 

Advertisement

सरकारले आफ्नो नीति तथा कार्यक्रममा पनि लघुबीमामार्फत न्यून आय भएकाहरुलाई पनि बीमाको दायरामा समेटने र बीमाको पहुँच देशव्यापी रुपमा बढाउने किसिमले बजेट निर्माण हुने आश्वासन दिएको छ । 

विगतका वर्ष निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमामा उच्च जोखिम रहेकाले सस्तो बीमाशुल्क तिरेर जोखिम बहन हुने सम्पत्ति बीमामा जनताको आकर्षण बढाउन सुझाव दिँदै आएका थिए । 

लामो समयदेखि सोही सम्पत्ति बीमासम्बन्धी बुँदा बजेट सुझावको रुपमा दोहोरिए पनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन् । 
 

Advertisement

Advertisement