चिनियाँ पाइलट सगरमाथाको ८ हजार मिटरबाट प्याराग्लाइडिङ गरी आधार शिविरमा

Advertisement

काठमाडौं । चिनियाँ पाइलट लि शेन्गटाआले सगरमाथाको ८ हजार मिटरबाट सोलो (एकल) प्याराग्लाइडिङ गरी (५,३००मि) सगरमाथा आधार शिविरमा सुरक्षित अवतरण गरेका छन् । 

पर्वतारोही तथा सेभेन समिट ट्रेक्सका निर्देशक पासाङ फुर्बा शेर्पाका अनुसार गत  बिहीबार बिहान सगरमाथाको ८ हजार मिटरबाट उडान भरि (५,३००मि) सगरमाथा आधार शिविरमा अवतरण गरेका हुन् । उनले सगरमाथाको आरोहणको लागि पनि अनुमति (परमिट) लिएका थिए । तर खराब मौसमका कारण सगरमाथाको चुचुरोसम्मै पुग्न पाएनन् र ८ हजार मिटर उचाइबाट सोलो प्याराग्लाइडिङ उडान गरी आधार शिविरमा सुरक्षित अवतरण गरेका निर्देशक पासाङ फुर्बा शेर्पाले बताए । 

Advertisement

चिनियाँ पाइलट लि शेन्गटाआ सगरमाथाको आरोहण गर्न आधार शिविर प्रस्थान गर्न लागेका शेर्पाले जानकारी दिए ।

कास्कीका बाबु एड्भेन्चर्स प्याराग्लाइडिङ प्रालिका संचालक तथा प्याराग्लाइडिङ पाइलट सानोबाबु सुनुवारले भने, ‘चिनियाँ पाइलट लिले विश्वको सर्वोच्च शिखर सगरमाथाको ८ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरी ४५ मिनेटमा अवतरण गरेका हुन् । 

चिनियाँ पाइलटले लि शेन्गटाआले नेपालमा आएर पनि विभिन्न डाँडाकाड, उच्च हिमाली हावापानीहरुको बारेमा पूर्व तालिम लिएर नै ८ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेको उनले बताए । सगरमाथामा प्याराग्लाइडिङ गर्न बाबु एड्भेन्चर्स प्याराग्लाइडिङ प्रालिले तालिम, गाइडिङ सबै गरेका हो । त्यस्तै, हिमाल आरोहणमा सेभेन समिट ट्रेक्स कम्पनीले सहयोग गरेको उनले बताए । 

Advertisement

Advertisement