सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई चिरायु नेशनल हस्पिटलमा छुट दिने सम्झौता

Advertisement

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ ।  

सम्झौता पत्रमा बैंकमा प्रमुख कार्यकारी  अधिकृत सुयोग श्रेष्ठ र चिरायु नेशनल हस्पिटलका  निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरेका छन् । 

Advertisement

सम्झौता अनुसार चिरायु नेशनल हस्पिटलले बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारहरुलाई विभिन्न किसिमका सेवामा १५ प्रतिशत छुट उपलब्ध गराउने छ । 

Advertisement

Advertisement