नीति तथा कार्यक्रममा संघीयता खारेजीको कुरा नआएको चित्रबहादुर केसीको आपत्ति

Advertisement

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले संघीयताको खारेज गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा नआएकोमा असन्तुष्टि पोखेका छन् । 

आईतवार संसदमा आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा उनले संघीयता खारेजीको कुरा सरकारको नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताए । केसीले नेपालमा संघीयता बिरुद्धको जनमत तयार भइरहेको पनि बताए । उनले लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने खतरा रहेको उल्लेख गर्दै यसतर्फ सबै सचेत हुनुपर्ने पनि बताए । 

Advertisement

केसीले कालापानीबाट भारतीय सेना हटाउने कुरा पनि नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताए । उनले भने, ‘नीति कार्यक्रमको बुँदा नम्बर १ मा संघीय शब्द राखिएको छ । त्यसलाई हटाउनुपर्छ भन्ने हाम्रो पार्टीको माग छ । अहिले संघीयताको भारी यो मुलुकले बोकिराखेको छ कि, संघीयताका बिरुद्धमा नेपालमा जनमत तयार गइराखेको । त्यसले लोकतन्त्र, गणतन्त्रलाई समेत सिध्याउने हो कि ? भन्ने खतरा छ । त्यसकारणले मौकामै हामी सतर्क हुनुपर्छ । लोकतन्त्र र गणतन्त्रमाथि प्रतिगमनको खतरा अझै रहेको छ । लोकतन्त्रबिरुद्ध बादल मडारिएको छ यसका बिरुद्धमा हामी सतर्क हुनुपर्छ र एक हुनुपर्छ । कालापानीबाट भारतीय सेना हटाइनेछ भन्ने वाक्य थप गर्नुपर्छ । संविधान र संघीयताको प्रभावकारी कार्यान्वयन भन्ने वाक्यांश हटाइ संघीयता खारेज गरी संविधानको कार्यान्वयन भन्ने वाक्यांश राख्नुपर्छ । संघीयता हुँदैन ।’ 

उनले वर्तमान सरकार कायम हुनुपर्ने र सरकारले ल्याएका नीति, कार्यक्रम पारित हुनुपर्ने बताए । 

Advertisement

Advertisement