सुनको मूल्य स्थिर रहँदा चाँदीको प्रतितोला १० रुपियाँ घट्यो

Advertisement

काठमाडौं । सोमबार सुनको भाउ स्थिर रहँदा चाँदीको मूल्य भने प्रतितोला १० रुपियाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजोकै मूल्यमा सुन कारोबार भइरहेको हो । आज सुन प्रतितोला  १ लाख १० हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement