पासाङ दावा शर्पाले गरे सगरमाथाको २७औं पटक आरोहण, कामिरितालाई ‘टक्कर’

Advertisement

काठमाडौं । पासाङ दावा शर्पाले पनि २७औं पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । 

उनले विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइट कामिरिता शेर्पाले बनाएको कीर्तिमानको बराबरी गरेका हुन् ।  

Advertisement

यही सिजनमा विश्व कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पाले सगरमाथाको २७औं पटक सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए । 

उनी पछि सगरमाथाको २७औं पटक आरोहण गर्ने व्यक्ति बनेका छन्, पासाङ दावा शर्पा । उनले यही सिजनमा बैशाख ३१ गतेका दिन २६औं पटक आरोहण गरेका थिए ।

इमाजिन नेपाल ट्रेक्सका अनुसार पासाङ दावा शर्पाले आज बिहान ८ बजेर २५ मिनेटमा सगरमाथाको २७ औं पटक सफलतापूर्वक आरोहण गरेका छन् ।

पाङ्बोचेमा जन्मिएका पासाङ दावा शर्पाले १९९८, १९९९, २००२, २००३, २००४, २००६ , २००७ , २००८, २००९, २०१०, २०११, २०१२, २०१३, २०१६, २०१७, २०१८, २०१९, २०२२ र २०२३ मा गरी उनले २७औं पटक सगरमाथाको सफल आरोहण गरेका हुन् । 

Advertisement

Advertisement