अध्ययनसँगै कामका लागि जापान पठाउन नेक्स्ट डेस्टिनेसन एजुकेशन कन्सल्टेन्सी सञ्चालन

Advertisement

काठमाडौं । नेक्स्ट डेस्टिनेसन एजुकेशन कन्सल्टेन्सीले आफ्नो औपचारिक सेवा सुरुवात गरेको छ । जापानमा अध्ययनसँगै कामका लागि पठाउने उद्देश्यले सुरु भएको यस कम्पनीले सोमबार हात्तिसारस्थित आफ्नो कार्यालयमा कार्यक्रम गरी कार्य शुभारम्भ गरेको हो । 

सञ्चालनमा आएको उपलक्ष्यमा कन्सल्टेन्सीले विद्यार्थी भिसामा नेपालबाहिर जानेहरुका लागि एक महिनासम्म विभिन्न छुट अफर पनि घोषणा गरेको छ । 

Advertisement

कार्यालयको शुभारम्भ गायक कमल खत्रीले गरेका थिए । चार लगानीकर्ताको लगानी रहेको यस कम्पनीमा राजकमल ठगुन्ना​ र प्रशान्त रावतले नेपालबाट काम गर्ने र मोहन कार्की तथा हिक्मत बस्नेतले जापानबाट काम गर्ने ठगुन्नाले जनाए । 

उनले कन्सल्टेन्सीमा बिहान जापानी भाषा पढाइने बताउँदै नेपालमा बढ्दो बेरोजगारीको अवस्थामा विकल्पको रुपमा यो पेशा सुरु गरेको बताए । यसले केही समयका लागि जनशक्ति व्यवस्थापनमा सहयोग पुग्ने ठगुन्नाको भनाई छ । उनले जापानमा अध्ययनसँगै कामका लागि जाने नेपालीले काम र पढाईसँगै कृषि तथा पर्यटनसम्वन्धी धेरै कुरा सिक्ने मौका पाउने बताए । उनीहरु नेपाल फर्किएर आफ्नो पुँजी, ज्ञान र सीप नेपालमा लगानी गर्नसक्ने ठगुन्नाले बताए । 

Advertisement

Advertisement