शेयर बजार निरन्तर उकालो लाग्दा सवा अर्ब बढीको कारोबार

Advertisement

काठमाडौं । शेयर बजार लगातार पाँचौं दिन आज पनि उकालो लागेको छ । बजार बढेसँगै कारोबार रकम पनि सवा अर्ब माथि पुगेको छ । 

गत साताको मंगलबारदेखि शेयर कारोबार निरन्तर उकालो लागिरहेको छ । 

Advertisement

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ८.१० अंकले बढेको हो । ०.४३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८९१.३१ अंकमा उम्लिएको छ । 

आज २७२ कम्पनीका ३४ लाख ९५ हजार ७ सय ५२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २७ करोड ८७ लाख ४ हजार ७ सय २६.३८ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार बढेको दिन आत्मनिर्भर लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी ग्रीनलाइफ हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.३७ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ७ करोड ३४ लाख ९८ हजार ४ सय ९४.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन हिजो आइतबार बजार ५.८८ अंकले बढ्दा १ अर्ब ६९ करोड ४ लाख ९२ हजार ७ सय ३१.५३ रुपियाँ बराबरको कारोबार भएको थियो । 
   

Advertisement

Advertisement