आगामी असार पछि ब्याजदर थप घट्छः अध्यक्ष केसी

Advertisement

काठमाडौं । नेपाल बैंकर्स सघं (एनबीए) का अध्यक्ष सुनिल केसीले ब्याजदर निरन्तर घट्दै जाने बताएका छन् ।

एनबीएले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केसीले आगामी असारपछि ब्याजदर थप घट्ने बताएका हुन् ।

Advertisement

कार्यक्रममा उनले भने–‘तरलता सहज हुँदैछ, ब्याजदर अझै घट्छ ।’

पछिल्लो समय बैंकहरुमा लगानी योग्य रकम बढ्दै छ, तर कर्जा लगानी बढेको छैन । अध्यक्ष केसीले भने, ‘निक्षेप बढेको अनुपात कर्जा लगानी नबढेकाले तरलता पनि सहज अवस्थामा छ ।’

वाणिज्य बैंकहरुमा १२ अर्बले निक्षेप बढ्दा २ अर्बले घट्यो कर्जा लगानी

Advertisement

Advertisement