नबिल बैंक कर्मचारी संघको विशेष महाधिवेशन सम्पन्न

Advertisement

काठमाडौं । नबिल बैंक कर्मचारी संघको विशेष महाधिवेशन आइतबार सम्पन्न भएको छ । महाधिवेशनमा बैंक तथा वित्तिय क्षेत्रसँग सम्बन्धित विषयवस्तुमाथि छलफल भएको संघले जनाएको छ ।

कार्यक्रममा संघका अध्यक्ष सविन भट्टराइले कर्मचारीको हकहितको पक्षमा आफूले सक्दो पहल गर्ने बताए । 

Advertisement

सो अवसरमा बैंक प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगाना, मानव संशाधन विभागका प्रमुख, डेपुटी सीइओ, फिउन राष्ट्रिय समितिका अध्यक्ष, उपाध्यक्ष तथा महासचिव, संघका पदाधिकारीले धारणा राखेका थिए ।

बैंक व्यवस्थापनको तर्फबाट हालको वित्तिय तथा बैंकिङ क्षेत्रमा देखिएको असहज स्थितिबारे धारणा राखिएको अध्यक्ष भट्टराईले बताए । विशेष महाधिवेशनले संघको विधान पनि संशोधन गरेको उनले बताए । 

Advertisement

Advertisement