पर्सामा मिटरब्याजी सम्बन्धी नौ सय ८४ उजुरी दर्ता

Advertisement

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा हालसम्म अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी नौ सय ८४ वटा निवेदन दर्ता भएको छ ।
    
मिटरब्याजीहरुको कारण दुःख पाएको भन्दै पीडितले हालसम्म नौ सय ८४ वटा निवेदन दर्ता गराएको जिल्ला प्रशासन कार्यालय पर्साका मिटरब्याजी पीडित सहायता कक्षका प्रमुख गौरीशङ्कर साहले जानकारी दिए । सरकारले मिटरब्याजीविरुद्ध अध्यादेशमार्फत कानुन बनाइ ठगी गर्ने साहुहरूलाई कानुनी कारबाही गर्ने निर्णय बमोजिम पीडितहरूले न्यायका लागि निवेदन दिएको उनले बताए । 
    
जिल्ला प्रशासन कार्यालयले वैशाख १५ गते मिटरब्याजी पीडितहरूलाई निवेदन दिन सूचना निकालेपछि वैशाख १७ गतेदेखि निवेदन आउन सुरु भएको प्रमुख साहले बताए । अधिकांश पीडितहरूले स्वयं आफैँ निवेदन लिएर जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराउने उनको भनाइ छ । 

गरिबी र सोझोपनको फाइदा उठाउँदै साहुहरूले दिएको रकमको तिहाइ, चौथाइ कपाली कागज गराउनाका साथसाथै जग्गासमेत आफ्नो नाममा साहुहरूले दर्ता गराई अन्याय गरेको अधिकांश पीडितले उजुरीमा उल्लेख गरेका छन् ।  पीडितहरूको निवेदन दिने चाप बढेको हुनाले जेठ १४ गतेसम्म निवेदन लिने गरी समय बढाइएको उनले बताए ।  

Advertisement

समय सीमा सकिसकेपछि निवेदनमाथि जाँच बुझ गरी आयोगको निर्देशनअनुसार आयोगलाई सिफारिस गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । रासस 

Advertisement

Advertisement