भीसीटीएस लागू भएपछि घट्यो बीमा विवाद, मैनाली भन्छन्– अरु पनि धेरै सुधार भएको छ

Advertisement

काठमाडौं । भेहिकल ट्राकिङ एण्ड कन्साईन्मेन्ट सिस्टम (भीसीटीएस)ले मालसामान ढुवानी गर्ने सवारी साधनहरुको रियल टाइम डाटा (साविककै तथ्यांक) प्रदान गर्दा त्यसले नक्कली बीमा न्यूनीकरणमा सहयोग पुगेको देखिएको छ ।

राजश्व अनुसन्धान विभागले आयातित सामानहरुमा हुने भन्सार महशुल तथा अन्य कर छली गर्न रोक्ने उद्देश्यले भीसीटीएस प्रणाली लागू गरेको थियो । विभागका तत्कालिन महानिर्देशक दीर्घराज मैनाली अहिले आन्तरिक राजश्व विभागको महानिर्देशक छन् । उनले भीसीटीएस लागू भएपछि न्यून बिजकीकरण, चोरी पैठारी, बीमा दावीका लागि लिएर हुने विवाद घटेको स्वीकार गरे । 

Advertisement

मैनालीले भने, ‘भीसीटीयसले रियल टाइम डेटा देखाउन मद्दत गर्छ । व्यवसायीहरुले आफ्ना माल सामान एक ठाउँबाट अर्को ठाउँमा लग्दा त्यसको विभिन्न रेकर्ड त्यो सिस्टममा बस्छ । अब बीमा त दुर्घटना, क्षति वा नष्ट हुने बित्तिकै जोडिहाल्छ । पेट्रोलियम पदार्थ जस्ता प्रज्वलनशील सामग्रीमा त आगलागीदेखि अरु जोखिम पनि हुन्छ । त्यस्तो क्षति हुँदा विगतमा व्यवसायी र बीमा कम्पनीहरुलाई कति मूल्यका सामानहरु ओसारपसार भएका थिए ? भन्नेमा पनि विवाद हुने गथ्र्यो । अहिले भीसीटीएसको राम्रो पक्ष चाहिं सामान घटबढ गराएर दाबी गर्न मिल्दैन् । किनकी त्यसको रियल टाइम रेकर्ड हामीसँग हुन्छ ।’

महानिर्देशक मैनालीले ढुवानीका सामानहरुको रियल टाइम रेकर्ड आफूहरुसँग हुँदा त्यसको लाभ व्यवसायीलाई भएको दावी गरे । दुर्घटना भएमा बीमाले धेरै पैसा दिन्छ भनेर अहिले कुनै पनि व्यवसायीहरुले आफ्नो सक्कली बिलको मूल्य बढाउने वा नचाहिँदो हेरफेर गर्न नमिल्ने बताए उनले बताए । 

उनले भने, ‘जति मूल्यको सामान बिक्री हुन्छ, त्यस्ता सामानको पनि हाम्रो सिस्टममा दर्ता गराउनै पर्छ । दर्ता भएपछि त्यस्ता मूल्यमा तलमाथि गर्ने सम्भावना शून्य हुन्छ । यसले गर्दा भोलि कुनै पनि विवाद हुन खोजेमा बीमा कम्पनी र व्यवसायी दुवैलाई हामीले भीसीटीएसको सहायताले सक्कली बिल उपलब्ध गराउँछौं ।’

मैनालीले आफूहरुसँग आवद्ध भएका गाडीहरुको मोडेल, नाम, गाडी छुटेको समय, गाडी आएको र जाने स्थान, कति मूल्यको गाडी र सामान भन्ने लगायतका रेकर्ड राख्ने गरेको बताए । उनले आफूहरुले ठाउँको ठाउँ तथ्यांक निकाल्ने गरेकाले पनि बीमित, बीमा कम्पनीलाई समानको मूल्य, कर, समय र स्थानमा सही चेकजाँच हुने भएकाले पनि यसको प्रत्यक्ष लाभ बीमा क्षेत्रले पाउने बताए । 

यता नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले भने आफै तेस्रो पक्ष बीमामा रेट कटिङ जस्ता ठगी हुने गरेको भन्दै आफूहरुले गतिलो सफ्टवयर राख्ने तयारीमा जुटेको बताए । उनले कर्पोरेट नेपालसँगको कुराकानीमा मोटर बीमामा रहेको बेथिति रोक्न सफ्टवयरमा दर्ता गरिएका तथ्यांक फेरि हटाउने वा हेरफेर हुने व्यवस्था रोक्ने बताएका थिए ।

Advertisement

Advertisement