सगरमाथा दिवस आयोजनाको यस्तो छ तयारी

सगरमाथा दिवस आयोजनामा विवादः अन्तिम समयमा बोर्ड पछि हटेपछि पर्वतारोहण संघ रुष्ट

Advertisement

काठमाडौं । नेपाल पर्वतारोहण संघ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मिलेर आयोजना गर्ने प्रतिवद्धता जनाएर अन्तिम समयमा धोखा दिएको भन्दै आपत्ति जनाएको छ । 

संघले जेठ १५ गते आयोजना हुन लागेको सगरमाथा दिवस मनाउने भनेर बोर्डले आफ्नो तर्फबाट बजेटसमेत विनियोजन गरेकोमा अन्तिम समयमा बजेट समेत फिर्ता गरेर पछि हटेको भन्दै असन्तुष्टि जनाएको हो । 

Advertisement

संघका अध्यक्ष निमा नुरु शेर्पाले यस पटक सगरमाथा दिवस आयोजनामा आफू पनि सहभागी हुने भनेर बोर्ड आफै अग्रसर भएकोमा उसले धोखा दिएर एक–दुई महिना अल्मल्याउने काम गरेको बताए । उनले भने, ‘बोर्डले हामीलाई पनि कार्यक्रम आयोजनामा समावेश गर्नु भन्यो भन्यो । पछि फेरि गर्दिन भनेर पछि हट्यो । बजेट पनि फिर्ता गर्यो ।’ 

अन्तिम समयमा आएर कार्यक्रम आयोजना गर्ने कुराबाट बोर्ड पछि हट्दा आफूहरुलाई अहिले कार्यक्रम आयोजना गर्न निकै चटारो भएको बताउँदै शेर्पाले बोर्डको रबैया ठिक नभएको बताए । उनले बोर्डले पर्वतारोहण क्षेत्रमा चासो राखेर गतिविधि गर्नेमा उदासिनता देखाएको पनि बताए । शेर्पाले भने, ‘‘पर्वतारोहण क्षेत्रको विकासको लागि बोर्डले त्यस्तो केही गरेको छैन् । गर्नुपर्ने धेरै काम थियो ।’

सगरमाथा दिवस आयोजनाको यस्तो छ तयारी
सर्वोच्च शिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसर (मे २९)मा अर्को साता १६ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ ।  

यस अवसरमा यही आउँदो जेठ १५ गते विशेष कार्यक्रम गर्न लागेको पर्वतारोहण संघले बताएको छ । सो दिन ठमेलदेखि भृकुटीमण्डपसम्म र्याली र नेपाल पर्यटन बोर्डमा विशेष समारोह आयोजना गरिने संघका अध्यक्ष निमा नुरु शेर्पाले जानकारी दिए । संघले विगतदेखि नै यो कार्यक्रम आयोजना गर्दै आएको छ । 

उनले भने, ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवसको कार्यक्रममा हालसम्म सगरमाथाको सफल आरोहण गरेका स्वदेशी र विदेशी सबै आरोहीलाई व्याच वितरण गर्ने योजना छ । यो पटक १२५ वटा व्याच वितरण हुनेछ । अरु बाँकीलाई क्रमिकरुपमा बितरण गर्दै जाने योजना छ ।’ 

सगरमाथा दिवसका दिन सगरमाथा पुरस्कार र तेन्जिङ हिलारी पुरस्कार दिनका लागि पनि तयारी भइरहेको शेर्पाले बताए । सोही अवसरमा हिमालमा रोप फिक्सिङ (डोरी टाँग्ने काम)मा संलग्न पर्वतारोहीलाई प्रशंसापत्र दिइने छ । जेठ १५ गतेका दिन नयाँ पिकहरु खोल्ने बारे घोषणा गर्ने, तेन्जिङ हिलारीको परिवारलाई पनि सामान गर्ने तयारी गरिएको छ । ‘नयाँ पिकहरु खोल्ने कुराको सरकारबाट स्वीकृति भइसक्यो । घोषणा त्यही दिन हुन्छ’, शेर्पाले बताए । 

Advertisement

Advertisement