उनान्साठ्ठी लाख १८ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ५९ लाख १८ हजार २० कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

एक लघुवित्त र एक हाइड्रो पावर कम्पनीको उक्त बोनस शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 

Advertisement

यसैक्रममा छिमेक लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको २२ प्रतिशत बोनस बापतको ५१ लाख १३ हजार २० कित्ता शेयर सूचीकृत भएको हो । 

त्यसैगरी यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको ८ लाख ५ हजार कित्ता शेयर पनि आजै सूचीकृत भएको नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement